काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाएका छन् । पछिल्लो समय सन्दिप लामिछानेलाई विश्वकप खेल्न जानृे क्यानले नै नदिएको भन्दै विभिन्न किसीमका प्रोपोगाण्डा सामाजीक सञ्जालमा फैलिएका थिए ।
क्यानको विषयलाई लिएर विभिन्न किसीमका टिप्पणी समेत भईरहेका थिए । त्यसैले सचिव पारस खड्काले यो विषयमा सामाजीक सञ्जालबाट आक्राृस पोखेका हुन् , उनले सन्दिपलाई अमेरिका पठाउन निकै प्रयास समेत गरेका थिए । सन्दिपलाई संगै लिदएर प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, परराष्ट्रि मन्त्रालय, खेलकुदमन्त्रालय सबै तिर धाएका पनि थिए । उनले सन्दिपलाई निरन्तर हैउसला समेत दिदै आएका थिए । आफ्नो कोसिसका बाबजुत पनि सन्दिपलाई पठाउन नसकेको बताउँदै आएका थिए । आज सन्दिपले आफु विश्वकप खेल्न वस्टइन्डिज पुगेको बताए पछि खड्काले सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोखेका हुन् । आफुहरु माथी लागेको आरोपबारे कानुनी उपचार खोजिने चेतावनी समेत दिएका हुन् । खड्काले लेखेका छन्, ‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बिच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखदः हो।’
उनले नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत अनुरोध गरेका छन् । ’यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ, उनले लेखेका छन् ।
आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।