Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दिप लामिछाने क्रिकेट खेल्न नजाने भएपछि अमेरिकामा ह्वात्तै घट्यो टिकेटको मूल्य,टिकेट काट्ने मान्छे पाउनै मुस्किल

सन्दिप लामिछाने क्रिकेट खेल्न नजाने भएपछि अमेरिकामा ह्वात्तै घट्यो टिकेटको मूल्य,टिकेट काट्ने मान्छे पाउनै मुस्किल

२०,जेष्ठ २०८१ काठमाडौँ ।अमेरिकाको टेक्सासमा सन्दिप लामिछानेले विश्वकप खेल्ने भएको खबर फैलिएपछि एक्कासी टिकेटको भाउ महंगीएको थियो जव सन्दिप अमेरिका जान नपाउने भएपछि टिकेटको रेट ह्वात्तै खटेको छ। साढे ३ सय डलर पर्ने टिकेट अहिले धमाधम सय डलरमा बिक्रि भएको छ। सुरुमा धेरैले सोहि रकम तिरेर टिकेट काटेका थिए। सन्दिप आएपछि नेपालले पनि विश्वकपमा छलाङ्ग मार्ने सोचेका युवाहरु एक्कासी निरास भएका हुन्।

टिकेट वितरण गर्दै आएको टिमले लालिगुरसं डटकमलाइ दिएको जानकारी आनुसार सन्दिप न आउने भन्ने बित्तिकै टिकेट काट्ने गति पनि घटेको छ तर उक्त टिमले अन्य खेलाडीहरुलाई हौसला दिन भएपनि नेपालीहरुलाई आउँ आह्वान गरेको र टिकेटको मूल्य घाताएपछि फेरी टिकेट काट्नेहरुको शंख्या घटेको बताएका छन। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७।४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । अमेरिकामा क्रिकेट विश्वकपको इतिहासकै पहिलो खेल खेलिएको हो । अमेरिकामा खेलिएको विश्वकपको यो ऐतिहासिक खेलमै कुल तीन सय ९१ रन बन्यो । अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे ।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी ९पीएनजी० नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन् । नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।

नेपाल रहेको समूह ’डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो ।