Shares
Shares
क्यानले भन्यो– सरकार र आईसीसीबाट पहल हुँदासमेत सन्दीपलाई अमेरिकी दूतावासले दिएन भिसा
काठमाडौं ः
सरकार र आइसीसीबाट आवश्यक पहल गर्दासमेत क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएपछि यतिबेला क्रिकेटप्रेमीहरु चिन्तित संगै आक्रोशित बनेका छन । यता क्यानले पनि सन्दिपले भिसा नपाएपछि दुख ब्यक्त गरको छ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्विकार गरेप िछ यतिबेला सामाजिक सञ्जालमा चर्को बिरोध पनि भईरहेको छ । परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको हो। नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरेर सरकार र आइसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएको उल्लेख गरेका छन्।
बिज्ञप्तीमा भनिएको छ’संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसिसी पुरुष टी–२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदासमेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति ९भिसा० दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ सचिव खड्काले विज्ञप्तिमा भनेका छन्।यसअघि गत गत जेठ ९ गते पनि अन्तर्वार्तामा गएका सन्दीप लामिछानेलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो। लामिछानेलाई हालै उच्च अदालत पाटनले बलात्कार अभियोगबाट सफाइ दिएको थियो।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । अमेरिका र वेस्टइन्डिजद्वारा संयुक्त रुपमा आयोजित टी–२० क्रिकेट विश्वकपका लागी सन्दीप लामिछानेलाई कुर्दै क्यानले विश्वकपका लागि १४ जनाको मात्र बुझाएको थियो । तर, सन्दिपको विश्वकप खेल्ने सपना अधुरै रहेको छ ।
क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार आरोपमा सफाइ दिएपछि उनलाई अमेरिका पठाउने तयारी क्यानले गरेको थियो। त्यसका लागि अमेरिकी भीसाका लागि आवेदन दिए पनि सन्दीपले भीसा पाउन सकेनन्। नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी भईरहेका छन्।
अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने खेलमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डससँग खेल्ने छ।त्यस्तै जुन १२ मा श्रीलंका र जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ। त्यस्तै जुन १७ मा नेपालको खेल बंगलादेशसँग छ । समूह चरण पार गरे त्यसपछिका खेलहरु नेपालले खेल्ने छ।नेपालले विश्वकपको पहिले खेल अमेरिकाको डालासस्थित प्रेरी भ्यू मैदानमा खेल्ने छ। तीव्र गतिका बलर सोमपाल कामीबाहेक अन्य सबै खेलाडीले पहिलो पटक टी–२० विश्वकप खेल्नेछन् । सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन ।
सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए ।। सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209