१७,जेष्ठ २०८१ काठमाडौँ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । दूतावासले सन्दिपलाई भिषा दिन अस्विकार गरेको छ । टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।
अमेरिका र वेस्टइन्डिजद्वारा संयुक्त रुपमा आयोजित टी–२० क्रिकेट विश्वकपका लागी सन्दीप लामिछानेलाई कुर्दै क्यानले विश्वकपका लागि १४ जनाको मात्र बुझाएको थियो । तर, सन्दिपको विश्वकप खेल्ने सपना अधुरै रहेको छ । केहि दिन अघि मात्रै सन्दिपले आफुले विश्वकप खेल्न नपाए पनि नेपालले खेल्नो भएकोमा खुसी ब्यक्त गरेका थिए । नेपालको टोलीमा आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह रहेका छन् ।
नेपाल १० वर्षपछि दोस्रोपटक टी–२० विश्वकपमा सहभागी हुँदै छ। क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार आरोपमा सफाइ दिएपछि उनलाई अमेरिका पठाउने तयारी क्यानले गरेको थियो। त्यसका लागि अमेरिकी भीसाका लागि आवेदन दिए पनि सन्दीपले भीसा पाउन सकेनन्। नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी भईरहेका छन्। अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने खेलमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डससँग खेल्ने छ।त्यस्तै जुन १२ मा श्रीलंका र जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ। त्यस्तै जुन १७ मा नेपालको खेल बंगलादेशसँग छ । समूह चरण पार गरे त्यसपछिका खेलहरु नेपालले खेल्ने छ।नेपालले विश्वकपको पहिले खेल अमेरिकाको डालासस्थित प्रेरी भ्यू मैदानमा खेल्ने छ।
तीव्र गतिका बलर सोमपाल कामीबाहेक अन्य सबै खेलाडीले पहिलो पटक टी–२० विश्वकप खेल्नेछन् । सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए ।। सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न जान लागेका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो । तर, अहिले फेरि अमेरिकाले सन्दिपलाई रोक लगाएपछि निकै आलोचना भईरहेको छ ।