Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ भेटियो,नयाँ भेरिएन्ट भेटिए संगै त्रास थपियो

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ भेटियो,नयाँ भेरिएन्ट भेटिए संगै त्रास थपियो

११ जेष्ठ २०८१ , काठमाडौँ

नेपालमा पुन कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनोमसिक्वेन्सिङ कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो। लामो समय देखी कोरोनाका कारण थलिएको नेपाल क्रमश गतिमा आउन थालेको छ । तर, फेरि कोरोनाको नयाँ भेरिएन्ट भेटिए संगै त्रास भने  बढेको छ । राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट “केपी।१” र केपी "२ "नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पोजेटिभ केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी।१” र केपी"२" नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका नमुनामा ओमिक्रोन ९जेएन।१० २ नमुनामा, ओमिक्रोन ९बीए।२०, १२ नमुनामा, ओमिक्रोन ९केपी।१० १७ नमुनामा, ओमिक्रोन ९केपी २० एक नमुनामा र ओमिक्रोन ९केपी ३० ९केपी।४० क्रमशः १ नमुनामा भेटिएको हो। छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन।१’ नेपालमा पनि देखिएको थियो। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेको नयाँ भेरिएन्ट “केपी।१” र केपी"२" नेपालमा पुष्टि भएको छ। इस अगाडी भारतबाट आउनेमा नयाँ भेरिएन्यन्ट भेटिएकोमा अहिले भने नेपालमा नै नयाँ भेरिएन्ट देखिएको छ । यो नयाँ भेरिएन्टको बिषयमा भने अनुसन्धान भई रहेको छ । यस्को प्रभाव र फैलने क्रममो बिषयमा प्रयोगशालामा अध्यन जारी छ ।

कोरोना भाईरसको खोप भने धेरै नेपालीले लगाई सकेको अवस्था छ । त्यस मध्य पनि लगाउन छुटेकालाई मन्त्रालयले खोप लगाउन पनि बारम्बार आग्रह गरिरहेको छ । स्वास्थ्य मन्त्रालयमा लाखौँ डोज खोप खेर समेत गएको छ । कोरोनाको महामारी  बाट विश्व नै लामो समय सम्म प्रताडित बनेको थियो । धेरै देशहरु केरोनाकै कारण आर्थीक मन्दीको चपेटामा परे । नेपाल पनि यसबाट अछुतो भने रहन सकेन । अहिले कोरोना महामारी कम भए संगै अर्थतन्त्रले गती लिन थालेको छ । पर्यटन ब्यबसाय जो आर्थी क्षेत्रको मेरुदण्ड नै मानिन्छ । यो क्षेत्रमा पनि क्रमश सुधार आएको अवस्था छ ।

नेपालको आर्थीक अवस्था सुधार तर्फ गईरहेको बेला नयाँ भेरियन्ट संगै धेरैमा त्रास सिर्जना भएको छ । तर, यो कत्तिको घातक छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयले अहिले सम्म केहि बताएको छ । अहिले कोरोना सामान्य भए संगै मानिसहरुले यसलाई सामान्य लिन थालेका छन् । तर, यस्ता कुरालाई सामान्य नलिई आफ्नो स्वस्थ्यको ख्याल राख्न डाक्टरहरुले सुझाब दिएका छन् । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।