Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केएमसीको स्वास्थ्य टोली ललितपुरको गोदावरीमा , ६२१ बिरामीको निःशुल्क उपचार

केएमसीको स्वास्थ्य टोली ललितपुरको गोदावरीमा , ६२१ बिरामीको निःशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

गोदावरी नगरपालिका वडा नं ७ देवीचौर तथा ज्येष्ठ नागरिक चौतारी केन्द्रीय कार्यालयको आयोजना तथा केएमसकिो प्राविधि सहयोगमा बिहीबार देवी माध्यमिक विद्यालय देवीचौरमा स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ८७ जनाको ईसीजी, १०३ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१७ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।