Shares
Shares
गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ को नयाँ संस्करण आयोजना हुने भएको छ। आउँदो जेठ १९ गते हुने यस अवार्डमा २५ विधामा पुरस्कार दिइनेछ।
गोपीकृष्ण मुभिजले एक प्रेस विज्ञप्ति निकाल्दै अवार्ड समारोहबारे जानकारी दिएको हो। ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ यो अवार्ड विसं २०६९ सालमा सुरू गरिएको हो।
यसपटकको अवार्डको लागि गत वर्ष २०८० मा प्रदर्शन भएका फिल्म सहभागी हुन पाउनेछन्।
सहभागी मध्येबाट निर्णायकले छनोट गरेका २३ प्रतिष्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा पुरस्कृत र सम्मान गरिनेछ।
यस पटकको अवार्डमा ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक र ‘उद्धव’ दीर्घसाधना सम्मान थपिएको छ।
गोपीकृष्ण मुभिजका सञ्चालकद्वारा आयोजना गरिने अवार्डमा स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागिता रहनेछ। यस अवार्ड व्यवस्थापन गरिरहेको गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्राइभेट लिमिटेडले अवार्डलाई सभ्य र भव्य रुपमा सम्पन गर्ने बताइएको छ।
त्यसैगरि, स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागितामा नेपालमा चलचित्र छायाङ्कनको सम्भाव्यताको विषयमा जेठ २० मा ‘सुटिङ डेस्टिनेशन इन नेपाल’ शिर्षकमा छलफल समेत गराउनेछ।
यी हुन् ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ का विधाहरू:
१. ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२. ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङगीत गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
३. ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ) गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
४.‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
५. ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
६.‘किरण’ सर्वोत्कृष्ट गीतकार गोपीकृष्ण राष्ट्रिय चलनचत्र पुरस्कार
७. ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
८. ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङगीतकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
९. ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१०। ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
११. ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१२. ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१३. ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१४. ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१५। ‘पुष्कर’ सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१६. ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१७. ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१८. ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
१९. ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२०.‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२१. ‘उद्धव’ दीर्घसाधना सम्मान गोपीकृष्ण रास्ट्रिय चलनचत्र पुरस्कार
२२. ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२३. ‘शिव’ सर्वोत्कृष्ट अभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२४. ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
२५. ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209