Shares
Shares
काठमाण्डौं बैशाख ९ ।
सातौं स्वयम्भू रन दौड प्रतियोगिताको उपाधि मिङ्गमार सिङ तामाङ र आयुष्मा आचार्यले जितेका छन । पुरुष तर्फ तामाङ र महिला तर्फ आचार्यले सातौँ स्वयम्भु रन २०८१को प्रथम पुरस्कार अर्थात प्रतियोगितको उपाधि जित्न सफल भएका हुन ।

प्रतियोगितामा यु–१२ तथा ४०ं लाई २।५ कि।मि र खुल्ला ९१२–४० उमेरका० लाई ५ कि।मि दौड तय गरिएको थियो। पुरुषतर्फ रेम बुढा मगर द्वितीय र हस्त सुनार तृतीय हुन सफल भए । त्यसैगरी महिलातर्फ मन्जु सनुवार द्वितीय र गोमा बुढा मगर तृतीय हुन सफल भएका थिए । स्वयम्भु एथ्लेटिक्स ट्रेनिङ सेन्टर क्लब र वैकुण्ठ मानान्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौड प्रतियोगिता भएको हो ।

प्रतियोगितमा प्रथम ,द्धितीय र तृतीय हुनेले क्रमश ७ हजार ७ सय ७० ,५ हजार ५ सय ५० र ३हजार ३ सय ३० नगद सहित मेडल ,ट्रफि प्रदान गर्दै सम्मान गरिएको स्वयम्भु एथ्लेटिक्स ट्रेनिङ सेन्टर क्लबका अध्यक्ष रमेश सुनारले लालिगुरास डटकमलाई जानकारी दिएका छन । त्यस्तै उनका अनुसार सान्त्वना हुनेहरु कमल नेपाली र बिकेश घिमिरेलाई पनि एक हजार एक सय १० सहित मेडल ,ट्रफि प्रदान गर्दै सम्मान गरिएको छ । यस्तै यु–१२ छात्राबाट एरूशा आमागाइँ प्रथम रबिना कुशुवाल द्वितीय र खुशी गुरूङ तृतीय हुन सफल भए ।त्यसैगरी यु–१२ छात्रमा शेरबहादुर शाहि प्रथम देभग्य लाल क्ष्रेष्ठ द्वितीय र तृतीयमा विलिभ बोहोरा हुन सफल भएका छन ।

यसैगरि ४० बर्ष माथि भएको प्रतियोगितमा पुरुषतर्फ गंगाराम बेकोजु प्रथम , दिपेन्द्र कुमार प्रधान द्धितीय र जहरमान गुरुङ तृतीय भएका छन । महिलातर्फ कल्पना महर्जन प्रथम , उर्मिला गौतम द्धितीय र लिला श्रेष्ठ तृतीय भएका थिए । ५० बर्ष माथि पुरूषबाट राजु भण्डारी प्रथम देव महर्जन द्वितीय तथा मङ्गल बहादुर थकालि तृतीय स्थान हात पार्न सफल भए । ५५ बर्ष माथि पुरूषबाट दिपक कुमार रञ्जिन प्रथम,द्वितीयमा राम कृष्ण महर्जन र तृतीयमा सुर्य कटुवाल हुनुभएको छ।६० बर्ष माथि पुरूषबाट विक्रम महर्जन प्रथम र विष्णु प्रसाद स्वंगमिखा द्वितीय हुनुभएको छ। ६५ बर्ष माथि पुरूषबाट पुष्पलाल क्षेष्ठ प्रथम र वद्रि बुढा मगर द्वितीय ,बुद्धबिर लामा तृतीय हुन सफल भए । त्यसैगरी ७० बर्ष माथि बाट मंगलदाश तण्डुकार प्रथम भएको अध्यक्ष सुनारले बताएका छन ।

त्यसैगरी बिश्वको उत्कृष्ट ६ वटा चर्चित बोस्र्टन ,बर्लिङग , न्यूर्योकसिटी ,लण्डन म्याराथुन,टोकियो र सिकागो म्याराथुन दौड पूरा गर्ने पहिलो नेपाली धावक रामकृष्ण महर्जन र ओलम्पियन तथा खाली खुट्टाले देशका लागि पदक ल्याउन सफल धावक अमिर यादवलाई नगद रू १०÷ १० हजारले किर्तिमानि म्याराथुन धावक बैकुण्ड मान्धरबाट सम्मान गरिएको थियो । यस्तै काठमाण्डौको पूरानो एथ्लेटिक्स खेलाडी उषा मान्धर श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको जनाईएको छ ।

Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209