६ वैशाख, काठमाडौं । उनै चर्चित बालगायक अशोक दर्जी , जो लाखौं करोडौमा एक जसरी चर्चा संगै उनको जिवनमा खुसीको बर्षा हुन थाल्यो । भाईरल भएर हराउनेहरुको अघि उनी परेनन । निरन्तर उनको चर्चा संगै उनको आवाजलाई धेरैले पछ्याईरहे । यसरी उनको यो निरन्तरता र चर्चा बढ्दै जादा उनको भगवान स्वारुप खडा भएका चर्चित लोकप्रिय गायक टंक बुढाथोकी हुन ।
जसले अशोक दर्जीलाई आफनो सन्तान स्वारुप नै हुर्काई रहे । परिपक्क र जिम्मेवार बनाए , केहि समय आफ्नो फाइदाका लागी भाइरल र चलेका ट्रेन्डलाई साथ लिएर बीच बाटोमा छाडीदिनेका लागी टंक उदाहरण हुन्। आज उनै टंकले गर्दा अशोक दर्जीको जिवनीमा आधरित भएर अब फिल्म नै बन्ने भएको छ। गायक बुढाथोकीले सामाजिक सञ्जालमा तस्बिरहरु शेयर गर्दै फिल्म बन्न लागेको बारेमा बताएका छन ।
अशोक दर्जीलाई धेरै माझ मरिचित बनाएको पहिलो गित “मन बिनाको धन ठूलो कि धन बिना को मन “ हो यहि गितको बोल नै चलचित्रको नाम निर्माण भएको छ । ६ वर्ष अगाडि रिलिज भएको यो गीतले ठूलो ख्याति कमाएको थियो । अब यही गीतको नाममाथि टंकले फिल्म बनाउने भएका छन् । बुधबार लेखक शिवम् अधिकारीले उनलाई स्क्रिप्ट हस्तान्तरण गरे । फिल्मलाई टंक आफैंले निर्देशनको योजना बनाएका छन् । लामो समयदेखि आफूमाथि लागेको विभिन्न आरोपको उत्तर पनि फिल्मले दिने उनको भनाई छ ।
अशोक दर्जीको जीवन र सांगीतिक यात्राको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने भएको टंकले बताएका छन । अशोक स्वयंको समेत अभिनय हुनेछ । बिहीबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिएका छन् । टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु यो फिल्ममा समावेश हुनेछ । २०८१ सालभित्रै यसलाई प्रदर्शन गर्ने तयारी छ ।
झापा दमकका अशोक दर्जी निम्न वर्गीय परिवारमा जन्मिएका हुन। सानै उमेर देखी सडकमा अदभूत गायन क्षमता प्रदर्शन दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाले अन्तर्वार्ता लिएर सेलिब्रेटी बनाइदिए । उनले आफ्नो पहिलो गीत गायक एवं संगीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराए ।जुन गित रातरात भाईरल भयो ।
अशोकको खोजी धेरै भईरहयो तर टंकले आफनो सन्तान र परिवारकै सदस्य स्वारुप उनको शिक्षादिक्षामा भगवानै रुपमा खडा भए ।उनको रेखदेख संगै अशोकको परिवारको आर्थिक पाटोलाई पनि टंकले सहज बनाईदिए । उनै टंकको कारण आज अशोक दर्जी फिल्म नै खेल्ने सम्मका भएका छन ।