बैशाख ५,काठमाडौँ
नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले फेरि अर्को ठूलो सफलताको छलाङ मारेका छन । उनले आइसिसी टी–२० वरीयतामा छलाङ मारेका हुन ।
उनी टी–२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका छन्। दीपेन्द्र यो वरीयतामा १४ स्थान माथि उक्लिएका हुन्। यस्तै दीपेन्द्रले टी–२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन्। उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न्। ओमनमा जारी एसिसी प्रीमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उनले ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका थिए। ब्याट्सम्यानको वरियतामा नेपालका आसिफ शेख ३६ स्थान माथी उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्। कुशल मल्ल ९ स्थान उक्लिएर एक सयौँ नम्बरमा छन्। नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने।
अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी–२० मा तेस्रो खेलाडी बने। टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।युवराजले इंग्ल्यान्डका स्टुअर्ट ब्रोडविरुद्ध २००७ को टी–२० विश्वकपको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनञ्जयलाई ६ छक्का प्रहार गरेका थिए।
एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका हर्शल गिब्सले नेदरल्याण्ड्सविरुद्ध २००७ को एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए। अमेरिकाका जसकरण मल्होत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा यस्तै उपलब्धि हासिल गरेका थिए। बुधबार आइसिसीले जारी गरेको पछिल्लो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ३६ स्थान फड्को मारेका छन्। उनी सूचीमा ७५औं स्थानमा छन्।
ब्याट्सम्यानको वरीयतामा नेपालका कप्तान रोहित पौडेल ५३औं स्थानमा छन् भने कुशल मल्ल नौ स्थान उक्लिदै सयौं स्थानमा आइपुगेका छन्। कुशल अलराउन्डर वरियतामा पाँच स्थानमाथि उक्लिएर २७ औं स्थानमा पुगेका छन्। बलरको वरीयतामा नेपालकी खेलाडी शीर्ष सयमा छैनन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले बताएका छन।
नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन्। बुवा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी थिए भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेलेका थिए।