Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रमेश सुनार जसको खेलप्रतिको लगाव यस्तो छ, गर्दै छन सातौं काठमाण्डौंमा देशब्यापी दौड प्रतियोगिता

रमेश सुनार जसको खेलप्रतिको लगाव यस्तो छ, गर्दै छन सातौं काठमाण्डौंमा देशब्यापी दौड प्रतियोगिता

बैशाख ३ ,काठमाण्डौं ।

सातौं स्वयम्भू रण दौड प्रतियोगिता वैशाख ८ गते काठमाण्डौं महानगरपालिका १५ वडा भगवान पाँउमा हुँदैछ। विभिन्न उमेर समूहमा हुने दौड प्रतियोगितमा देशभरिबाट सहभागी हुँदैछन् । स्वास्थ्यको लागि दौड भन्ने मूल नारा सहित स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर क्लब र बैकुण्ठ मानन्धर खेलकुद नेपालको सम्युक्त आयोजनामा हुँदैछ।

स्वयम्भु भगवान पाउ बाट सुरु भई किम्डोल छाउनी हस्पिटल छाउनी तिनकुने चोक सीतापाईला चोक ठुलो भर्याङ्ग कारखाना चोक हल्चोक आनन्दकुटी विहार हुँदै भगवान पाउ पूगी ५ किलो मिटर खुल्ला पूरुष महिला दौड समापन हुनेछ भने १२ वर्ष मूनि र ४० वर्ष माथि उमेर समूहका २।५ किलो मिटर दौड भगवान पाउ बाटै सुरु भई किम्डोल प्रकृतिक विज्ञान संग्रहालय हुलाकघर हल्चोक आनन्दकुटी विहार हुँदै भगवान पाउमा पूगी समापन हुनेछ।

५ किलोमिटर दौड तर्फबाट प्रथम द्धितीय तृतीय र सान्त्वना हुँन सफल महिला पूरुष तर्फको धावकहरुलाई क्रमश सात हजार सात सय सत्तरी, पाँच हजार पान सय पचास, तीन हजार तीन सय तीस र सान्त्वना हुँने दूईजाना लाई एक हजार एक सय दश नगद मेडल ट्रफी सहित सम्मान गरिनेछ भने अन्य उमेर समूह २।५ किलो मिटर तर्फका प्रथम, द्धितीय, तृतीय र सान्तोना हुँन सफल धावकहरुलाई ट्रफी, मेडल सम्मानपत्र सहित पुरष्कृत गरिनेछ। स्वयम्भू एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लबका अध्यक्ष रमेश सुनारका अनुसार विगत ७ वर्षदेखि निरन्तर एथलेटिक्स खेलको तालिम तथा प्रतियोगिताहरु निरन्तर गर्दै आएको जनाएकाछन्। यस प्रतियोगीतामा भाग लिनका लागी ५ गते साँझ ६ बजे सम्मको समय सिमा तोकिएको छ ।

क्लबले अरुपनि विभिन्न सामाजिक कार्यहरु जस्तै सरसफाई रक्तदान गर्दै आएको छ। खेलकुद क्षेत्रका लागी निरन्तर काम गरे पनि कसैले वास्ता नगर्ने उनको भनाई छ । विभिन्न टेर्निङमा गएर आएको पैसाले समेत आफ्ना खेलाडीहरुलाई डाइट, खेल सामग्री किनिदिने उनको भएका छन । धेरै दुख गरेर आफु यो स्थान सम्म पुगेकाले आफ्नो विद्यार्थीहरुलाई भने सहज गराएका छन् । उनी आफैले ग्रील कारखाना खोलेर त्यसबाट आउने पैसाले खेलाडिका आवश्यकता पुरा गर्ने प्रयास गरिरहेका छन् ।

उनी एक्लो मान्छेले काम गर्दै गर्दा सम्बन्धीत निकायले भने ध्यान दिन सकेको छैन । लामो् समय देखी एथलेटिक खेलमा लागेका सुनार राष्ट्रिय खेलकुद परिषदबाट २०१८ मा भारतको पटियालमा गएर पनि उनले तालिम समेत लिए । त्यस पछि उनले विभिन्न भोलेन्टीएरका रुपमा काम गरेका छन् ।तर, परिषदले तालिम गर्न पठाए पनि पछि परिषदले प्रसिक्षणपछि प्राप्त सर्टिफिकेटलाई महत्व नदिएको उनी बताउछन ।

उनले परिषदले खुलाएको भोलेन्टीयरका रुपमा प्रशिक्षक दिनको लागी फर्म भरे पनि कहिलै अन्तर्वातामा नबोलाएकोले गर्दा आफुलाई दुख लागेको उनी बताउँछन् । आफु भन्दा जुनियरले कतै केहि तालिम नलिदा नजान्दा पनि पावर र पहुँचका आधारमा उनीहरुलाई जागिर दिने तर, आफुलाई कहिलै वास्तै गर्ने बताएका छन् ।