Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महाजात्राले विश्वभर आक्रामक व्यापार गर्यो, मध्यरातमा पनि दर्शकको लर्को

महाजात्राले विश्वभर आक्रामक व्यापार गर्यो, मध्यरातमा पनि दर्शकको लर्को

चैत २२ ,काठमाण्डौ ।

विश्वभर आक्रामक व्यापार गरिरहेको फिल्म महाजात्राले यतिबेला खाडी मुलुकहरुमा पनि निकै राम्रो चर्चा कमाईरहेका छ । खाडीका देशहरुमा चलचित्र महाजात्रा हेर्नेहरुको संख्या दिनादिन बढ्दै गएको फिल्म प्रचारप्रसारको जिम्मा लिएका भट्राई किश्ने भनेर कृष्ण भट्राई ,हरि मोक्तान र प्रकाश कार्कीले लालिगुरांलाई जानकारी गराएका छन ।

हलहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको भटराई किश्नेले बताएका हुन । चैत ९ गतेबाट प्रर्दशनमा आए फिल्म हेर्ने दर्शकको सङ्ख्या बढेपछि मध्यरातसम्म समेत प्रदर्शन भएको छ । बुधवार चाबहिलमा रहेको एफक्यु सिनेमाजमा दर्शकको अत्यधिक चाँप बढेपछि १०ः३० बजेको शो थपियो । उक्त शो सकिदा १ः३० बजेको थियो । यस्तै, ९ बजेसम्मको शो अधिकाँस मल्टिप्लेक्समा रहेको छ भने जमलमा रहेको विश्वज्योति सिनेपल्केसमा पनि बुधवार ९ः३० बजेको शो राखियो ।

तेस्रो हप्तामा प्रवेश गर्दापनि हलमा दर्शकको भिड दिनानुदिन बढ्दो छ । राति अबेरसम्म दर्शक हलमा भएपछि हर्षित देखिका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले हल पुगेर भेटेका थिए ।

दर्शकको चाँप बढेकै कारण प्रदर्शकले विकेन्डमा फिल्मलाई राम्रो शो दिएका छन् । नेपाल मात्र नभई फिल्मले विदेशमा पनि उस्तै दर्शक पाएको छ । नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० बढी शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा १५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ । यी सबै शो सोल्ड आउट भएका थिए । अझै माग अनुसार थपिने शोले अहिलेसम्म विदेशमा बनेको रेकर्ड तोडेको छ ।

मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।

दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्मले नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्माण युनिटको दाबी छ । गत १५ गते (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा आएको थियो ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ ।

फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने,पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।