१ चैत, काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को पछिल्लो बरियतामा नेपाली कप्तान रोहित पौडेलले भारतीय कप्तान रोहित शर्मालाई पछि पारेका छन । विश्व क्रिकेटकै हस्तीलाई समेत वरीयतामा पछि पारेका छन् । धेरैपछि नेपाली क्रिकेटरको विधागत वरीयतामा सुधार आएको हो।
रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् । रोहित शर्मा ५१औँ स्थानमा छन् । भारतीय ब्याटर विराट कोहली भने रोहित पौडेलभन्दा एक स्थानमा माथि छन् । रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका हुन ।
आइसीसीको पछिल्लो बरियताअनुसार टि–२० ब्याटिङतर्फ रोहितकुमार पौडेल ४९ औं स्थानमा छन् । रोहितको कूल ५११ अंक छ । पौडेल भारतका पूर्वकप्तान विराट कोहलीभन्दा एक स्थान पछि छन् तर उनीहरुको अंक बराबरी छ । उनीभन्दा एक स्थान अगाडि रहेका भारतका कोहलीको पनि ५११ अंक छ । भारतीय कप्तान रोहित शर्मा ५१ औं स्थानमा छन् । शर्माको कूल ४९२ अंक छ । टि–२० ब्याटिङतर्फ रोहित पौडेल पछिल्लो बरियताभन्दा ६ स्थान माथि उक्लिएका हुन् । यस्तै ब्याटिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरी ७६ औं स्थानमा छन् ।
टि–२० अलराउण्डरतर्फ दिपेन्द्रसिंह ऐरीले ५ स्थान सुधार गर्दै २२ औं स्थानमा आएका छन् । कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२ औं स्थानमा छन् । गुलशन झा ६ स्थान सुधार गर्दै ६६ औं स्थानमा रोहित पौडेल १८ स्थान सुधार गर्दै ७५ औं स्थानमा, करण केसी २ स्थान सुधार गर्दै ८० औं स्थानमा छन् ।