Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दिप लामिछानेको पक्षमा खेल मैदानमै समर्थकले नारा लगाउदा प्रहरीले समाउदै मैदानबाट हटायो

सन्दिप लामिछानेको पक्षमा खेल मैदानमै समर्थकले नारा लगाउदा प्रहरीले समाउदै मैदानबाट हटायो

काठमाण्डौ,यति त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा सन्लिप लामिछानेको अभाब नमज्जाले खड्कीएको छ । त्यसमाथी फ्यानहरुले पनि सन्दिपलाई खोजिरहेका छन् ।

त्रिबीमा क्यानडा संग नेपाल भिड्दै गर्दा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका छन् । सन्दिपको नजाम हहुटिङ गर्नेमध्ये दुई जनालाई प्रहरीले खेल मैदानबाटै निकालेको छ । ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गरेको हो ।

दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । प्रहरीले दर्शकलाइृ सन्दिपको हुटिङ गरेको भन्दै रोके पछि त्यहाँ केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । खेलाडिहरुले पनि सन्दिपको झल्को मेटाउन सकेका छैनन ्। साथीहरुको आँखाले पनि सन्दिपलाई खोजीरहेको देखीन्छ । खेलाडीहरु पनि खेल्न छाडेर मैदान बाहिर निराश पारामा हेरिरहेका देखिन्थे ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । क्यानाडाको बलिङमा नेपालका ब्याट्सम्यानहरुले संघर्ष गरिरहँदा दर्शकले सन्दीपको अभाब महशुष गरेका हुन् ।सन्दीपको स्थानमा आज क्यानडा संग सूर्य तामाङले खेलिरहेका छन् । तामाङ राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि उनको ब्याटिङ कमजोर छ ।जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठह¥याए पछि सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् । अदालतले फैसला सुनाए संगै सन्दिपले खेल्न छाडेका हुन भने क्यानले पनि उनलाई निलम्बन गरेको छ ।

अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने अधिकारबाट बञ्चित भएका हुन् । दोषी ठहरपछि लामिछानेमाथि २५ पुसमा सजाय निर्धारण गर्दै आठ वर्ष कैद र ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ती उपलब्ध गराउन आदेश दिएको थियो। अदालतले सार्वजनिक गरेको ७६ पृष्ठ लामो पूर्णपाठमा अदालत मुख्य रूपमा दुई प्रश्नमा केन्द्रित भएको छ। अदालतको पूर्णपाठअनुसार पहिलो प्रश्नमा सन्दीप लामिछाने र गौशालाका बीचमा करणीको कार्य भएको छ छैन?

त्यस्तै दोस्रो प्रश्नका रूपमा गौशाला २६ नाबालिग हुन् या १८ वर्ष उमेर पुगेकी बालिग? यो विषयमा नै अदालत केन्द्रित देखिन्छ । अदालतले लामो विवेचना गर्दै गौशाला २६ को जाहेरी दरखास्तलाई नै मुख्य आधारका रूपमा लिएको छ।सन्दीपले गौशाला– २६ माथि बलात्कार गरेको निष्कर्षमा पुग्ने दुई वटा आधार दिइएको छ, पहिलो ‘पीडित’ को बयान र दोस्रो उनीहरु दुईबीचको असमान हैसियत । अदालतले जाहेरीकर्ताको बयानलाई नै बलात्कारको सबैभन्दा ठूलो प्रमाण मानेको छ । आर्थिक–सामाजिक हैसियत समान नभएका महिला र पुरुषबीच सहमतिमा करणी हुन नसक्ने दलिलसमेत गरिएको छ ।

सन्दिप भने उच्च अदालको भरमा छन् । उनले अब उच्चबाट न्याए पाउने अपेक्षा पनि गरेका छन् । खेल जगतमा सन्दिपले दिएको योग्दान भने अतुलनिय छ । उनले नेपालका लागी मात्रै नभएर अन्य देशमा लागी पनि खेलि सकेका छन् । उनी एउटा राम्रो खेलाडी हुन । उनी दोषी ठहरीए संगै उनको अभाव खेल जगतमा खड्की सकेको छ ।

https://www.facebook.com/share/p/fsnzf1UoCATngo2i/?