डा. सुनील शर्मा चिकित्सकीय टोली लिएर बैतडीमा, दुई दिने निःशुल्क स्वास्थ्य शिविर खोलिएको थियो ।
साथै १०३ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । डा. शर्माका अनुसार शल्यक्रिया गर्ने सबै बिरामीलाई सतप्रतिशत छुट हुनेछ ।

कार्यक्रमको सभापतित्व केदार संरक्षण समाजका अध्यक्ष सुरेन्द्र भट्टले गरेका थिए । सो क्रममा सांसद शर्माले एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका छन् । एसईईमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई निरन्तर पुरस्कृत गरिने पनि जनाएका छन् ।

डा. शर्माले केएमसी सम्हालेपछि समाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविरको आयोजना भइरहेको छ ।
सो क्रममा डा शर्माको टोली २३ गते मंगलबार दार्चुला, २४ गते बैतडीको पाटन, २५ गते डडेलधुराको थुरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनेछ ।