Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कास्की खबरले 'दोस्रो राष्ट्रिय संगीत अवार्ड' आयोजना गर्दै

कास्की खबरले 'दोस्रो राष्ट्रिय संगीत अवार्ड' आयोजना गर्दै

पोखरा ।

कास्की खबरको आयोजनामा दोस्रो राष्ट्रिय संगीत अवार्ड आयोजना हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सहयोग र कास्की खबरको आयोजनामा प्रदान गरिने अवार्डको आवेदनसमेत खुला भईसकेको छ ।

अवार्डमा सहभागी हुनका लागि आवेदकले २०७९ देखि युटुबमा रिलिज भएका गीतहरु मात्र समावेश गर्न पाउनेछन् ।

संस्थाको छाप अकित अर्धकट्टी बिना बुझाइएका फर्महरुलाई मान्यता नदिईने भएकाले आवेदकले खल्ती एप अथवा पोखराको महेन्द्रपुलमा रहेको कास्की खबर प्रा.लि को कार्यलयमा गएर फारम भर्नुपर्ने कास्की खबरका अध्यक्ष ऋिषि दाहालले जानकारी दिए ।

आवेदन भर्ने समयमा आवेदकले आफ्नो नाम, ठेगाना, सम्पर्क नं., गीतको बोल, युट्युब लिङ्क आदि खुलाएर प्रति विधा रु. एक हजार रुपैँयासहित समावेश गरेर बुझाउनुपर्ने छ ।

राष्ट्रिय संगीत अवार्डका लागि आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषिका गीत जस्ता विधाहरु समावेश गरिएको छ ।

यसभित्र सर्वोत्कृष्ट नृत्य निर्देशक, सर्वोत्कृष्ट संगीत संयोजन, नेपाली राष्ट्रिय गीत, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गायक लगायतको विधामा रहेर आवेदन फारम भर्न सक्नेछन् ।