Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछेउरी लिस्यो पछि चर्चित मोडल अन्जली अधिकारी र बिमल अधिकारी एकै गीतमा,संगम लामिछानेको "ए गौरी"चर्चामा

पछेउरी लिस्यो पछि चर्चित मोडल अन्जली अधिकारी र बिमल अधिकारी एकै गीतमा,संगम लामिछानेको "ए गौरी"चर्चामा

काठमाडौं । गायिका संगम लामिछाने ‘ए गौरी’ नामक गीत र भिडियो ल्याएकी छन् । गायिका लामिछानेले केही दिनअघि आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

गायिका संगमलाई गायक बद्री सापकोटाले आवाजमा साथ दिएका छन् । गायिका लामिछानेकै प्रस्तुति रहेको उक्त गीतको शब्द रचना कृष्ण लामिछानेको रहेको छ भने गायक बद्री सापकोटाले संगीत भरेका हुन् । त्यसैगरी विनोद बाजुरालीको गीतमा संगीत संयोजन रहेको छ ।

त्यस्तै गीतकोभिडियोमा अञ्जली अधिकारी र विमल अधिकारीले मुख्य भूमिकामा नृत्य–अभिनय गरेका छन् । नृत्य तथा अभिनयमा उनीहरुलाई रिया खड्का र दीपक पौड्यालले समेत साथ दिएका छन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका छन् । उक्त गीतको शब्दमा माया प्रेमका कथा र व्यथालाई समावेश गरिएको र भिडियोमा पनि सोही अनुरुप देखाउन खोजिएको गायिका संगम लामिछानेले बताइन् । यसभन्दा अगाडि पनि आफूले गीत पस्किँदै आएको उनले सुनाइन् ।