काठमाडौँ । लालीगुराँस फाउन्डेसन प्रालि द्वारा संचालित लालीगुराँस डटकमका अध्यक्ष कमल सरगम चौलागाईं राष्ट्रिय लोक संचारकर्मी नेपालको सचिब पदमा निर्बिरोध चयन हुनु भएको छ।
लोकप्रिय संचारकर्मी चन्द्रमणि गौतम अध्यक्ष सहितको सिंगो कार्यसमितिनै निर्बिरोध चयन भएको हो। सरगम लामो समय देखि रेडियो,टेलिभिजन हुदै अनलाइन सम्म क्रियाशील छन। नेपाली संगीत क्षेत्रको बिषयमा कलम चलाउदै आएका सरगमले नया पुस्ताका उदयमान कलाकारलाई बिशेष स्थान दिने गर्दछन।सरगमले साथ् दिएका धेरै कलाकारहरु अहिले दोहोरी क्षेत्रमा सफल कलाकारको रुपमा स्थापित छन।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । गोविन्द गिरीको नेतृत्वमा २०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा दुई कार्यकाल गिरीले नेतृत्व गरेका थिए भने हरिबल्लभ नेपालले २०७१ देखि हालसम्म नेतृत्व सम्हालेका थिए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि दुलाल निर्वाचित भए भने सचिवमा कमल सरगम, सहसचिवमा शिवराम भण्डारी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा शरण प्रसाद हुमागाईं, सहकोषाध्यक्षमा कल्पना रेग्मी निर्वाचित भए ।
त्यसैगरी सदस्यहरुमा सबिता पोखरेल, गोपिकृष्ण चापागाईं, शिखर गजरकोटे, बाबुराम सिग्देल, तुलबहादुर परियार, करिश्मा केसी, कविराज ढकाल, विनिता कुँवर क्षेत्री निर्वाचित भएका हुन् । अधिवक्ता रामचन्द्र श्रेष्ठको संयोजकत्वमा भएको निर्वाचन मण्डलमा श्रीप्रसाद थापा र अर्जुन घिमिरे रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार कृष्ण कँडेलले संचारकर्मीहरुको हक, अधिकारका लागि जस्तो परिस्थितिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने बताए । उनले लोक कला, साहित्य र संस्कृतिको उत्थानमा लागेका पत्रकारहरुसँग सहकार्य गर्दै यस क्षेत्र विसंगीत, विकृति न्यूनिकरण गर्न आफू सदैव सँगै रहने बताए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्ष हरिबल्लभ नेपालको सभापतित्वमा भएको ५ औं महाधिवेशन तथा १५ औं साधारणसभामा संस्थापक अध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थापक सदस्यहरु श्रीप्रसाद थापा, गौरव पोखरेल, श्याम धिताल, कृष्ण लेकाली, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी लगायतको आतिथ्यता रहेको थियो ।