Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुलिसविरुद्ध कोशीका सुजनको शानदार शतक

पुलिसविरुद्ध कोशीका सुजनको शानदार शतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका सुजन थपलियाले शतक प्रहार गरेका छन् ।

उनले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १२६ बलमा १०५ रनको शतकीय इनिङ खेलेर आउट भए । कुनै पनि ब्याटर चल्न नसकेको अवस्थामा सुजनले कोशीको इनिङलाई उकासेका थिए ।

६४ रनमा ७ विकेट गुमाएको कोशीलाई अभ्यास तिमिल्सिनासंग मिलेर ९९ रनको साझेदारी गरेका थिए । तिमिल्सिना ६४ बलमा २३ रन बनाएर आउट भएका थिए । कोशी पुलिसविरुद्ध १ सय ६६ मा अल आउट भएको छ । पुलिसका करण केसीले ३, ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए ।

उनी यस प्रतियोगितामा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि रशिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए ।