Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोबिता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भयो बिपन्न बालबालिकाको सहयोगार्थ सदभाव बनभोज

सोबिता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भयो बिपन्न बालबालिकाको सहयोगार्थ सदभाव बनभोज

काठमान्डौ : युवाहरु दिन प्रतिदिन बिदेशिदै गएका छन।लगभग केहि सहरी भेग बाहेक प्राय गाउँ युवा बिहिन अबस्थामा पुगिसकेको देखिन्छ,यो अबस्था सृजित हुदै गर्दा राज्यका निकायहरु अझै मौन छन्।युवालाई गाउँमै बस्ने वातावरण मिलिरहेको हुदैन भने युवाहरु माथिको हौसला पनि त्यति देखिन्न। तर केहि यस्ता सस्थाहरु पनि छन् युवाहरुलाई हौसला दिदै गाउँमा केहि गर्न सकिन्छ भन्ने उदाहरण सहित् लागिपर्ने,त्यसै भित्र पर्छ परिवर्तित यूवा क्लब।केहि महिना अगाडी मात्रै जनस्तरबाटनै सहयोग संकलन गरि एक महिनाकै अबधिमा गाउँमै एम्बुलेन्स वितरण गरेर एउटा छुट्टै छाप छाडेको परिवर्तित युवा क्लबले फेरी अर्को उदाहरणीय काम गरेको छ।सामाजिक सस्थाको रुपमा काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकामा खोलिएको उक्त परिवर्तित युवा क्लबले केहि दिन अगाडी गरिब तथा परिवार बिहिन बालबालिकाको लागि लक्षित गरेर सदभाब बनभोज तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। पौस २८ गते काठमान्डौको गोकर्ण नगरपालिकाको जगडोलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यकमको सुरुवातमै कलाकारहरुको प्रस्तुति रहेको थियो।पछिल्लो समय इनेपाल रोधीघरको एउटा दोहोरी निकै चर्चित छ,उक्त दोहोरी भित्र पनि जड्या गायकको रोलले आम दर्शक तानिएका छन् सोहि रोलमा आफुलाई देखाउदै आएका जड्या गायक अर्थात रबि कार्कीले जव स्टेजमा गएर "मेरै बाउको छु मैले खाएको हामी भन्या धन भाको मन भाको घुम्ती घुम्ती रोड"जुन टुक्का गाउने बित्तिकै सहभागी सम्पूर्ण अतिथि देखि दर्शक सम्म स्टेजमा पुगेर नाच्न थाले र रविको प्रस्तुतिलाई भरपुर साथ् दिन थाले।

सस्थाका अध्यक्ष कमल सरगमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभाकी सांसद माननीय सोबिता गौतमको उपस्थिति रहेको थियो भने इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल उक्त कार्यक्रमका बिशेष अतिथि रहनु भएको थियो।

पछिल्लो समय गाउँ रित्तिदै जादा युवाहरुलाई आफ्नै गाउँमा कसरी निरन्तर राख्न सकिन्छ भन्ने प्रश्न उब्जिरहेकै बेलामा चेतना सहितको बनभोज तथा बृहत सास्कृतिक कार्यक्रमाले थप युवाहरुमा जागरण बढेको र समाज रुपान्तरणमा यूवाले थप भूमिका खेल्न सक्छन भन्ने उदाहरण दिन यस प्रकारको कार्यक्रम गरेको सस्थाका अध्यक्ष कमल सरगमले जानकारी दिनु भयो। कार्यक्रमकै बिचमा प्रमुख अतिथि सोबिता गौतमले पनि युवामा देखिएको यो जोसले झन् हौसला बढेको बताउनुभयो ।कार्यक्रमलाइ सम्बोधन गर्दै गौतमले भन्नु भयो "चौरीदेउराली भन्ने बितिकै मलाइ छुट्टै आभास हुन्छ,त्यो ठाउँमा मेरो पनि छुट्टै साइनो गाँसिएको छ,युवाहरुमा अहिले जुन जोस बढेको छ यसबाट पनि केहि परिवर्तनको आभाष गर्न सकिन्छ,अहिलेका युवाहरुले भोलिलाई हेर्न थालिसके,गाउँ रित्तिदै जादा पनि युवाहरुले आफ्नै समाजमा केहि गर्न पर्छ भन्ने हेतुले फेरी गाउँकै लागि यसरी सेवा गरेको देख्दा उत्साहित छौ।" कार्यक्रममा बिशेष अतिथिको रुपमा आएका इन्द्रेणीका संचालक कृष्ण कंडेलले पनि युवाहरु जागेको र युवाले चाहे समाज रुपान्तरण गर्न सक्छन भन्दै सुभकामना दिएका थिए।

कार्यक्रमको बिचमा लोकप्रिय गायक तथा इनेपाल रोधिघरका संचालक बालकुमार श्रेष्ठले त झन् प्रमुख अतिथि सोबिता गौतमलाइ साथैमा राखेर रबि दाई भन्दै रबि लामिछानेको समर्थनमा गीत गाएका थिए। सोहि बिचमा लोकप्रिय गायक नबराज घोरसैनिले पनि आफ्नो प्रस्तुतिबाट दर्शकलाई नचाएका थिए भने लोकप्रिय गायिका कल्पना दाहाल र युबराज चौलागाईंले थप कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर दर्शकलाई झुमाएका थिए।कार्यक्रमकै बिचमा लोकप्रिय गायक राजेन्द्र भण्डारी,दिपक सुनुवार लगाएतले पनि दर्शकलाई नचाएका थिए।

बनभोज कार्यक्रमबाट खर्च भएर बचेको रकम अनाथ तथा बिपन्न बालबालिकाको लागि लत्ता कपडा वितरण गर्ने सस्थाका कोषाध्यक्ष कमल काफ्लेले लालीगुराँस डटकमलाइ जानकारी दिए।अथितिलाई स्वागत गर्दै सस्थाका सचिब रिनछेन लामाले आगामी यात्रामा पनि सबै सहयोगीको साथ् चाहिने र सबैले साथ् दिने अपेक्षा राखे,सस्थाकै उपाध्यक्ष अर्पना आपागाइ र सल्लाहकार चन्द्रमणि गौतमले कार्यक्रम संचालन गरेका थिए भने मिडियाको संयोजन सिराज गौतमले गरेका थिए। क्लबका जुजारु सदस्यहरु सुशिल गौतम, कैलाश ढुङ्गेल , लभ कुमार सुनुवार, अरुना चौलागाई, रोशन तामाङ, बिकेश गौतम लगाएतले सुरु देखिनै कार्यक्रममा साथ् दिएका थिए।कार्यक्रममा क्लबका सल्लाहकार गोपाल चौलागाईं, रमेश गौतम,लक्ष्मान गौतम लगाएतको उपस्थिति रहेको थियो।सल्लाहकार गोपाल चौलागाईंले क्लबको बिगतको कामको स्मरण गराउदै नेपालकै नमुना सस्थाको रुपमा परिवर्तित युवा क्लब रहेको बताएका थिए।क्लबले महिना दिनमै जनताकै सहयोगबाट एम्बुलेन्स हस्तान्तरण गरेको भन्दै सबैको प्रशंसा गरेका थिए। सस्थाका अर्का सल्लाहकार लक्ष्मान गौतमले पनि युवाहरु समाजको लागि जागिसकेको र क्लबले सिंगो समाज बदल्न भूमिका खेलेको भन्दै क्लबका टिमलाई सुभकामना दिएका थिए।