काठमाडौं । ‘दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०२३’ विभिन्न ४५ विधामा प्रदान गर्दै शनिबार सम्पन्न भएको छ ।
नेपाली गीतसंगीतको प्रवर्धन र अग्लेश्वरी हिल्सको पर्यटन प्रवद्र्धनको लागि आफुहरुले यो अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका संस्थापक अध्यक्ष सिजम सिँजालीले बताएका छन् ।
समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी, कलाकार, उधमी, व्यबसायी लगायतलाई सम्मानित गरिएको थियो । अवार्डको निर्णायकमा लोकप्रिय गायक सिडी बिजय अधिकारी, संगीतकार शँकर थापा ‘स्माईल’, मोडल रुविना अधिकारीलगायत थिए ।
म्युजिक भिडियो तर्फ महिला मोडलको अवार्ड जिसु कोइरालाले र जुरी अवार्ड अनिता गिरीले, पुरुष मोडेलको अवार्ड ईश्वर बल्लभ उप्रेतीले, पुरुष नवमोडलको अवार्डसुनिल न्यौपानेले, महिला नव मोडेलको अवार्ड रेश्मा श्रेष्ठले, सिनेमेटोग्राफरको अवार्ड रुपेश थापाले, भिडियो सम्पादकको अवार्ड पदम सुवेदीले, भिडियो निर्देशकको अवार्ड सत्यराज चौलागाईंले र निर्देशकको पब्लिक च्वाइस अवार्ड दिलीप समनले हाँसिल गरेका छन् ।
https://youtu.be/tkpIgi1rDFs?si=L4DB0FQRjyuXy8gD