Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शैलुङ्गेश्वरी साकोसको आठौं औ वार्षिक साधारणसभामा परिवर्तित युवा क्लब टिम सम्मानित

शैलुङ्गेश्वरी साकोसको आठौं औ वार्षिक साधारणसभामा परिवर्तित युवा क्लब टिम सम्मानित

शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं औ वार्षिक साधारणसभा शनिबार ठूलो आहाल चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा सम्पन्न भएको छ । उक्त साधारणसभामा परिवर्तित युवा क्लब सम्मानित भएको छ।संस्थाले परिवर्तित युवा क्लबले छोटो समयमै समाजमा महत्वपुर्ण योगदान दिएको भन्दै सम्मान गरेको हो।परिवर्तित युवा क्लबका अध्यक्ष कमल सरगम,कोषाध्यक्ष कमल काफ्ले,उपाध्यक्ष प्रकाश चौलागाईं र सदस्य शोमबहादुर बिक लगाएतको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि र शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षले संयुक्त सम्मान गरेका थिए ।

शैलुङ्गेश्वरी साकोसको अध्यक्ष बिरबल गौतमको सभापतित्वमा शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले ग्रामीण क्षेत्रको विकास गर्न सहकारीको ठूलो भुमिका रहने र अहिलेको आर्थिक मन्दी, अर्थतन्त्रको शिथिलताबाट बाहिर निस्किन सकिने बलियो आधार भनेको सहकारी रहेको बताउनुभयो ।देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।सहकारीमार्फत कृषि, उद्यम विकास र रोजगारी सृजनाको क्षेत्रमा धेरै गर्न सक्छौं । उहाँले भन्नुभयो, “सहकारीलाई शुसासन भित्र राखी समुदायस्तरको जनअपेक्षा अनुसार काम गर्नसके सहकारी समाज विकासको प्रमुख आधार बन्दछ ।”

विशिष्ट अतिथि चौरीदेउराली गाउँपालिका वडा नं. ३ को वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंले सहकारी अभियानले ग्रामीण क्षेत्रका जनताको आर्थिक विकासमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो । पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि शैलुङ्गेश्वरी सहकारी संस्थाले आफ्नो सदस्यहरूलाई सहजरूपमा आर्थिक कारोबारलगायतका सेवाहरू प्रदान गर्दै आएकोमा संस्थाको यस कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि नेशनल कोप शोलुसनका कार्यकारी निर्देशक तथा बुडोल सामुदायिक साकोसको प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । सहकारीले आर्थिक कारोबार सँगसँगै समाज परिवर्तन र रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने बताउनुभयो। सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

संस्थाका सचिव शिब प्रसाद ढुंगेलले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले विभिन्न चुनौतिका विचमा समेत सस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभएको छ ।

सभामा सस्थाको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिबेदन सचिब शिब प्रसाद ढुंगेलले आर्थिक प्रतिबेदन कोषाध्यक्ष बेद प्रसाद गौतमले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक बिष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । लक्ष्मी प्रतिष्ठानका बालबालिकालाई आफ्नो तर्फबाट ढुंगेलले छात्रवृत्ति सामाग्री प्रदान गर्नु भएको थियो।

सस्थाको शेयर पुजीं ४ करोड ६९ लाख ३७ हजार ४ सय, बचत संकलन ६ करोड २० लाख ६० हजार ८ सय उन्नाइस, ऋण लगानी १२ करोड ५८ लाख ३८ हजार ३ सय ९२ रुपैया, आम्दानी १ करोड ८८ लाख ८३ हजार, ३ सय ७३ रहेको बताइएको छ। खुद नाफा १ करोड ९ लाख २९ हजार ७ सय १६ रुपैया भएको छ । कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बाल शिक्षा बचत कर्ता छात्र नारायण प्रसाद चौलागाईं, छात्रा इश्रीया ढुंगाना उत्कृष्ट कारोबार बचत कर्ता पुरुष अम्बर बहादुर गौतम, महिलामा रुपा बस्नेत, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता पुरुष भवनाथ चौलागाईं, महिलामा हरिमाइ तामाङ, उत्कृष्ट ऋणी पुरुष श्याम चौलागाईं, महिलामा दिल कुमारी गौतमलाई सम्मान गरेको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, बुडोल सामुदायिक साकोसको प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरी, लक्ष्मी प्रतिष्ठानलाई नगद ११ हजार १ सय सहित छात्रवृत्ति सामाग्री प्रदान गरिएको थियो। माझिफेदाको जेष्ठ नागरिक पुण्य माता काफ्ले, परिवर्तित युवा क्लब, श्री केदारेश्वर मच्छे नारायण सिद्दिबिनायक मन्दिर लगायतका संघ संस्थालाई सम्मान गरिएको थियो ।

शैलुङ्गेश्वरी साकोसको संस्थापक अध्यक्ष गुण प्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष लिलामाया गौतम, बुद्ध हिमालय माबिको व्यवस्थापन समितिको अध्यक्ष भोज बहादुर गौतम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष षडानन्द गौतमले राख्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाको व्यवस्थापक दिपेन्द्र चौलागाईं र सह-सचीव रश्मि कुमारी खड्काले गरेकी थिइन् ।