Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महोत्सवमा अभिनेता पल शाहलाई देखेर भकाभक ढले युवतीहरु

महोत्सवमा अभिनेता पल शाहलाई देखेर भकाभक ढले युवतीहरु

काठमाडौँ । पछिल्लो समय मोडल तथा अभिनेत पल शाहको क्रेज बढ्दो क्रममा छ । उनि पछिल्लो समय आफ्नो प्रस्तुती दिन विभिन्न मेला महोत्सवमा पुग्ने गरेका छन् । पल शाहलाई गेस्टका रुपमा बोलाउने मेला महोत्सवको लर्कोनै छ । त्यसकारण उनी प्रत्येक मेला महोत्सवमा पुग्ने गरेका छन् ।

उनि प्रस्तुतीका लागि जहाँ पुग्छन् त्यहाँ उनको आगमनले भनुम वा उनको प्रस्तुती हेर्न थाम्नै नसकिने भिड देखिन्छ । यती सम्मकी उनका महिला फ्यानहरु शाहलाई भेड्न तड्पिएको र बेहोस सम्म भएको भिडियोहरु यतीबेला भाइरल भइरहेको छ । युवतीहरु बेहोस भएपछि सुरक्षाकर्मीले उद्धार गरिरहेको भिडियोहरु भाइरल भइरहेका छन् ।

केही दिन अघि नेपालगन्ज महोत्सवकै कुरा गर्नी हो भने पनि उनको आगमनले ठुलो संख्यामा दर्शक पुगेको भिडियोहरु सार्वजनिक भएको थियो । उनले प्रस्तुती दिइरहँदा फ्यानहरुको हुटिङ र भिडलाई सुरक्षकर्मीहरुले समेत सम्हाल्न सकेका थिएनन् ।

त्यस्तै बर्दियाको गुलरियामा भइरहेको महोत्सवमा पनि पल शाह पुगेका थिए । त्यहाँ पनि उनका फ्यानहरुको क्रेज निकै देखिएको छ । त्यहाँ उनलाई भेट्न पुगेका केही युबतीहरु बेहोस नै भएको भिडियोहरु आइरहेको छ । कोही उनलाई आँगालो मार्दै भक्कानिदै रोइरहेको र पल शाहले सान्त्वना दिइरहेको पनि भिडियोहरुमा देख्न सकिन्छ ।

केही समय पछि म्युजिक भिडियोमा फर्किएका पल शाहको फ्यानहरुको क्रेज बढ्दो क्रममा छ । त्यस कारण अभिनेता पल शाह जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरु उनका लागि मरीहत्तेनै गरिरहेका हुन्छन् ।

महोत्सव अवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुने वित्तिकै जालीलाई चिरेरै शाहको नजिक पुग्ने कोसिस समेत गरेका थिए । त्यस क्रममा फ्यानहरू स्टेज उक्लिएर पलसँग फोटो भिडियो खिच्ने ,शहसँग अँगालो बेरेर रुने लगाएतका गतिविधि गरेका फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल छन् ।

अभिनेता शाहको भर्खरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडियो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतीमा महोत्सवका दर्शक रमाई रमाई नाचिरहेका छन् ।

अभिनेता शाहको प्रस्तुतीले महोत्सवका दर्शकहरु अबेर साँझसम्म महोत्सव स्थलमा बसेर शाहको प्रस्तुतीमा रमाएका छन् ।

केही समय अघि धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा अत्याधिक भिडका कारण उनको ब्रासलेटनै हराएको थियो । महोत्सवमा प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको थियो । पछि हराएको उनको ब्रासलेट भेटिएको समचार पनि आएको थियो ।

पछिल्लो समय पल शाह म्युजिक भिडियोहरुमा व्यस्त छन् । त्यस भन्दा बाहेक उनी मेला महोत्सवहरुमा निकै व्यस्त रहेका छन् । पछिल्लो समय उनले म्युजिक भिडियो गरेका एक दुई तिन चार स्यूकार मेरो नमस्कार भन्ने गीत निकै चर्चामा छ ।