Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

१३ वर्षपछि अभिनेत्री विपना थापा नेपाली सिनेजगतमा कमब्याक

१३ वर्षपछि अभिनेत्री विपना थापा नेपाली सिनेजगतमा कमब्याक

काठमाडौँ । चर्चित तथा लोकप्रिय अभिनेत्री विपना थापा १३ वर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएकी छिन् । भारतिय नागरिकसँग विवाह गरेर भारतमै बस्दै आएकी विपनाले नेपाली संस्कृती र भारतीय संस्कृती दुबैलाई सामाजीक सञ्जाल युट्युब बाट दर्शकलाई देखाउदै आएकी थिईन् ।

विपना थापा भनेपछि सायदै नचिन्ने कम नै होलान । त्यो समयकी सबै भन्दा हिट नायीका हुन् विपना , उनलाई दर्शकले अझै पनि खोजिरहेका छन् । भारतमा बिबाह भए पछि उनी लामो समय अभिनयबाट बाहिरै रहिन । केहि दिन अगाडी सामाजिक सञ्जालमा उनको डिभोर्शको चर्चा पनि चलेको थियो । तर, उनले यो बिषयमा केहि बताएकी छैनन् । आफ्नो कलाले सारा नेपालीको मन जितेकी विपनाले फेरि नेपाली सिने जगतमा कम्ब्याक गरेकी हुन् ।

उनले ‘ह्रस्वदीर्घ’बाट आफ्नो नयाँ अध्याय फेरि सुरु गरेकी छिन् । लामो समय पछि सुटिङमा फर्किएकी विपना मेकअप गर्दा आँखाबाट आँसु थाम्न सकिनन् । उनका यी आँसु खुसीका थिए । छायांकन सेटमा एकछिन अलमलिइन् । उनै चर्चित र लोकप्रिय अभिनेत्री थापा १३ वर्षपछि फिल्ममा फर्किएकी हुन् । उनी बुधबार चितवनको सौराहामा फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन सेट मा पुगिन।

विपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ सन् २०१० मा रिलिज भएको थियो । ‘ह्रस्वदीर्घ’ सुटिङकै लागि विपना माइती देश नेपाल आएकी हुन् । यो फिल्ममा उनको महत्वपूर्ण भूमिका हुने निर्मात्री नीता ढुंगानाले जानकारी दिइन् । झण्डै दुई साता विपनाले छायांकनमा जुट्ने बताईएको छ । विपना भन्छिन् ‘पहिलो फिल्म जन्मभूमिको छायांकन गर्दाको अनुभूति भइरहेको छ । कसरी गर्ने र के गर्ने भइरहेको छ । यसअघि पनि धेरै काम गर्न मन थियो । राम्रो कथामा फिल्म बनेमा गर्छु भन्ने लागेको थियो ।’

‘ह्रस्वदीर्घ’को कथा नसुनिकनै आफूले ओके भनेको विपनाले बताइन् । ‘चुनौतीपूर्ण र भिन्न कथा हुन्छ भने फिल्म गर्छु भनेको थिएँ । स्टोरी नसुनीकनै ओके गरें,’ उनी भन्छिन्, ‘अब दर्शकको धेरै माया र सपोर्ट चाहिन्छ । दर्शकले विपना कमब्याक भएको हेर्न चाहन्छन् भन्न हेर्न चाहन्छु ।’ अहिले चितवनमा ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन चलिरहेको छ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् ।

उनी सिने जगतमा फेरि फर्किएको कुराले उनलाई खोजीरहेका दर्शक निकै उत्साहित छन् । उनले पनि लामो समय पछि आफ्नो माईती देशमा फर्किएर काम गर्न पायँदा निक्कै खुशी लागेको बताउँछीन् । उनका सहयात्री रेखा थापा , निरुता सिंह, करिस्मा मानन्धर, जल शाह, झरना थापा, सञ्जिता लुईँटेल।रेजिना उप्रेती मध्येमा रेखा र झरना सक्रिय छन् । रेखाले निर्माण गरेको फिल्म उपहार प्रदर्शनमा आएको छ भने झरना फिल्म निर्माणमा मात्रै छिन् । अभिनयमा आफु पछाडि सरेर छोरी सुहाना थापालाई अगाडी सारेकी छिन् । यद्यपी विपनाको कमब्याकले दर्शकामा भने खुसी छाएको छ ।