काठमाडौँ । दोहोरी क्षेत्रबाट अस्ताएका यी दुई अनुहारहरु । स्वर्गीय गायक भिम पौडेल र स्वर्गीय गायीका निरा छन्त्याल । यी दुई कलाकार कुनै समय दोहोरी क्षेत्रकै हस्ती हुन । अहिले यी दुई संसारमा छैनन । गायक पौडेलको निमोनीयाँका कारण आफ्नै गृह जिल्लामा मृत्यु भयो भने निरा छन्त्यालको जहाज दुर्घटनामा परि पोखरामा मृत्यु भयो ।
यी दुवै कलाकार दोहोरीका क्षेत्रमा अव्बल मानिएका र स्थापित भइसकेका अनुहार हुन् । यी दुइले गाएका दोहोरकीका शब्दहरु सुन्दा वा यी दुइको प्रस्तूती हेर्दा अझैपनि मन चसक्क हुन्छ ।
निरा छन्त्याल दोहोरीमा केही गर्न सक्ने आँट बाकेर आएकी कलाकार थिइन् । भीम पौडेल त स्थापित भइसकेकै कलाकार थिए । भीम पैडेल र रविन लामिछानेले गायको दोहोरी सर्वाधिक रुचाइएका छन् । लोकप्रीय कार्यक्रम इन्द्रेणीमा जव भीम पौडेल र रविन लामिछाने सँगै दोहोरी गाउन थाल्थे तव सबै चकित नै हुन्थे । भीप. पौडेल प्रतियोगीतामा पनि सर्वाधिक लोकप्रीय गायकका रुपमा चिनिएका थिए ।
उनीहरु प्रतत्क्ष दोहोरी वा कुनै ठाँउमा दोहोरी प्रतिश्पर्धा भयो भने पनी दुवै सँगै जोडिन्थे । कहिले भीमले जित्थे भने कहिले रविनले जित्थे । यी दुवैको लोकप्रीयता यस्तो थियो अहिलेपनि दोहोरी क्षेत्रमा यी दुइलाई विर्सन सक्ने अवस्थनै छैन । अहिलेपनि युटुवमा उनीहरुको दोहोरीको केही सृङखलाहरु हेर्ने हो भने भीम यस्तो दोहोरी गाउने व्यक्ती हुन की उनी अव के गरी फर्केर आउलान ‘।।
युटुयुवमा ती दोहोरी खोजेर हेर्ने हो भने भिमलाई सम्झेर नरुने सायदै कम होलान । उनी केही समय अस्वस्थ थिए । पछि उनले यो संसार नै छाडे ।
हामी विगतलाई छिटै भुल्ने गछौँ । त्यसैले एकपटक विगतलाई सम्झाउन पनि हामिले यो भिडियो प्रस्तूत गरेका हौँ । साँच्चै दोहोरी क्षेत्र अहिले धेरै नै सुस्ताएको छ । हिजोको दोहोरी क्षेत्र र आजको दोहोरी क्षेत्रमा धेरै परिवर्तन आएको छ । यो देशमा स्वर्गीय भीम र निरालाई सम्झनुपर्ने धेरै कारणहरु छन् ।
निरा छन्त्यलले गाएका निकै गीतहरु सुपरहिट छन् । अझ लाइभ दोहोरी त निकै नैै हिट छन् । भगवन भण्डारीमा रहेको सिर्जना झ्यालैमा ऐनामा भीम र निर दुबैले दोहोरी गाएका थिए । हेर्नुस त कस्तो संयोग निराको मृत्यु भएको ११ दिनमा भीमले पनि संसार छाडे । निराके मृत्यु भएकै स्थानमा भिमको पनि दाहसंस्कार गरिएको थियो ।
यी दुई दोहोरी क्षेत्रबाट अस्ताउँदा लामो समय दोहोरी क्षेत्रमा सन्नटा छाएको थियो । दोहोरी साँझदेखी लाइभ दोहोरीमा निकैनै व्यस्त रहने भीम पौडेल केही समय युके पनि रहेका थिए । निरा छन्त्याल युके जाने तयारीमा थिइन । केही देशहरुमा कार्यममा समेत पुगेकी निरा मकर मेलामा जाने क्रममा गत बर्ष माग १ गते जहाज दुर्घटनामा परिन । उनलाई छन्त्याल समाजले कार्यक्रमा बोलाएको थियो । तर अपसोच उनी पत्याउनै नसक्ने दुर्घटनामा परिन ।
अव अहिले नत भिम छन, नत निरा,,, छन त केवल उनीहरुको सिर्जना, अनि युटुव च्यानल तथालटेलिभिजनमा प्रसारित हुने उनिहरुको दोहोरीहरु र तिनै सुमधुर आवज मात्रै ‘।।