Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा रमाईरहेकी विदेशी युवती, जसले नेपालमा बनाएको भिडियो बन्यो भाइरल

नेपालमा रमाईरहेकी विदेशी युवती, जसले नेपालमा बनाएको भिडियो बन्यो भाइरल

केहि दिन देखि सामाजिक संजालमा यी सुन्दरी महिलाले नेपालको बिभिन्न क्षेत्रको भिडियोहरु सार्वजनिक गरिरहेकी छिन।कतिपयलाई कहाबाट आइन यी महिला र किन नेपालको प्रचार गर्दै छिन भन्ने उत्सुकता जागिरहेको होला,जाग्नु पनि स्वाभाविक हो,उक्त महिलाले नेपाल र नेपालीहरुलाई गरेको माया देखेर निकै लोभ लाग्दो छ।धेरैजसो विदेशीले उक्त भिडियो हेरेको पाइन्छ।हामीले उनको बिषयमा केहि बुझ्ने प्रयास पनि गरेको छौ।उनले अहिले सम्म कहिँ आफ्नो नाम बताएकी छैनन् तर उनको इन्स्टाग्राममा भने नाम ूरे लेक जेनूरहेको छ। भिडियोमा आफु आएको देश बाहेक अरु केहि भन्न चाहेकि छैनन् ।उनले आफ्नो नाम नभने पनि आफु अष्ट्रेलियबाट आएको बताएकी छिन।

नेपालको भौगोलिक र सास्कृतिक क्षेत्रहरुलाई उनले मज्जाले घुमेर आफ्नो युटुब च्यानल मार्फत भिडियोहरु राखेकी छिन।उनि नेपाल मात्रै हैन यस अगाडी पनि बिभिन्न देशमा घुमिसकेकी रहिछिन।तर उनि जव नेपाल आइन अनि मात्रै उनका सबैजसो भिडियोहरु अहिले भाइरल बनेका छन।उनको भिडियो नेपालीले भन्दा पनि बढीजसो विदेशीले हेरेका छन।बिभिन्न मन्दिर तथा नेपालको पुरातात्विक क्षेत्रहरुमा उनले फन्को लगाइन।दरवार स्क्वाईर देखि स्वयम्बु सम्म पुगेकी उनि अहिले पोखरामा छिन।पोखराको सबैजसो क्षेत्रलाई उनले भिडियोमा राखेकि छिन।

उनि आफु फोटोग्राफर तथा भिडियो क्रियटर समेत रहेको बताएकी छिन।निकै सुन्दरी महिला जेनले नेपालमा हुने खेलहरुलाई समेत मनोरन्जनको रुपमा लिएकी छिन।लाखे देखि चेस खेल्न सम्म उनले भ्याईन।स्वयम्बुलाइ उनले ूमंकी टेम्पलू अर्थात बाँदरको मन्दिर भनेर नामकरण दिदै सो ठाउँ सम्म पुगेकी छिन। फोटोमा सबै भन्दा धेरै बाँदर रहेको ठाउँको रुपमा उनले स्वयम्बुलाइ लिएपछि एउटा ट्याक्सी बुक गरि उनि स्वयम्बु सम्म पुगेकी थिइन।सुरुमै उनि त्यहाँ पुग्ने बितिकै जताततैबाट बाँदरले घेर्यो,एकै छिन त् जेन निकै डर मान्दै थिईन। पछि भने प्रकृति संग निकै रम्न थालिन।

नेपालको प्राकृतिक क्षेत्रनै निकै सुन्दर छ जो कोहि आए पनि यो क्षेत्रमा रमाउन खोज्छन।अझै भन्ने हो भने बिदेशी पर्यटक आए भने त् झन् नेपालको सबै जसो घुम्न लायक क्षेत्रमा घुम्न चाहिरहेको हुन्छन।उनीहरु नेपालमा आउनु अगाडीनै नेपालको पर्यटक क्षेत्र कहाँ कहाँ छ भनेर पहिलेनै बुझेर मात्रै आउने गर्छन।काठमान्डौको बिभिन्न क्षेत्रमा घुमेकी जेनले आफुलाई नेपाल आउदा निकै गर्व लागेको र नेपालको सबै क्षेत्र उत्कृष्ट रहेको समेत बताएकी छिन। सुरुमा दरबारस्क्वाएर प्रवेश गरेकी उनि नेपालको प्रकृतिले आफुलाई तानेको बताउदै नेपालप्रति सधै माया रहने र नेपालीहरुले गरेको ब्यबाहारले झन् आफु अचम्मित परेको समेत बताएकी छिन।

नेपाल आएपछिको पहिलो भिडियो झन्डै ४५ मिनेटको छ उक्त भिडियोमा उनले सबै ठाउँलाइ समेट्ने प्रयास गरेको पाइन्छ।उनि आफै ट्याक्सी चड्दा होस् या गाइडरहरु संग हिड्दा होस् खुलेर कुरा गरिरहेको देखिन्छ भने सबै संग सहज महसुस गर्दै हिडीरहेको पनि देखिन्छ। कतिपय गाइड गर्ने नेपालीहरुले भने बिदेशीसामु आफ्नो देशकै इज्जत जानेगरी गलत ब्यबहार गरिरहेको पाइन्छ।यो पटक भने उनको भल्गमा त्यस्तो भेटिएन।

बिगतलाइ थोरै स्मरण गर्छौ स्केहि समय अगाडी एक बिदेशी नेपालमा आएका थिए।उनि केहि नेपाली बोल्न पनि जान्ने थिए उनि सजिलै नेपाली बुज्ने गर्थे तर उनि नेपालीमा राम्रो संग कुरा चाही गर्न सक्ने थिएनन।प्रयास गरिरहेका हुन्थे उक्त बिदेशी पार्यटकलाइ नेपाली गाइड गर्नेहरु देखि रिक्सा चलाउनेहरु सम्मले ठगिरहेको प्रष्ट भिडियोमा देखिन्छ।जस कारण नेपालको छबीनै बिग्रन सक्ने सम्मको काम गरिरहेको हुन्छ।बिदेशी पार्यटक देख्ने बित्तिकै ठग्ने र सकुन्जेल पैसा लिने प्रचलनले अहिले पनि बिदेशी पर्यटकहरु नेपालमा आउदा निकै सोचेर हिड्ने गर्छन। बिदेशी पर्यटकहरुलाई हामीले राम्रो संग गाइड गर्ने हो भने जेनले झैँ नेपालको पर्यटन क्षेत्र सबैको साहयताले विश्वसामु पुग्नेछ।