Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विजय शिवाकोटीले प्राप्त गरे नातिकाजी राष्ट्रिय संगीत पुरस्कार

विजय शिवाकोटीले प्राप्त गरे नातिकाजी राष्ट्रिय संगीत पुरस्कार

काठमाडौं । नातिकाजी राष्ट्रिय संगीत पुरस्कार गीतकार विजय शिवाकोटीलाई प्रदान गरिएको छ । शिवाकोटीसँगै शिशिर योगी, बानिका प्रधान र राजनराज शिवाकोटीलाई यो पुरस्कार प्रदान गरिएको छ ।

संगीतका तीन विधा गायन, संगीत र गीत रचनामा प्रदान गरिने यो पुरस्कार रचनातर्फ शिवाकोटीलाई प्रदान गरिएको हो ।

नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान आनन्द अधिकारी, केशव सुमन, भुषण खरेल, सुनिल थापा, धर्म मुनिकार, सुदेश शर्मा, कुमार सिंह, सुवर्ण लिम्बू, राम भट्टराई र वसन्त वित्यासी थापालाई प्रदान गरिएको छ ।

गीतकार शिवाकोटी ‘छैन जुन किन जुन जस्तो’, ‘थाहा छैन म कुन मोडदेखि एक्लै एक्लै आउँदैछु’, ‘हात बाँधी पछ्यौरी भित्र’, ‘फेरि तिनै खुसीहरु हाँस्न पाए हुन्थ्यो’ जस्ता कैयौं कालजयी गीत रचनाको लागि परिचित छन् ।