Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित पाकिस्तानी सेलिब्रेटी डाक्टर एलिया नेपालमा

चर्चित पाकिस्तानी सेलिब्रेटी डाक्टर एलिया नेपालमा

काठमाडौँ । चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव यतीबेला नेपालमा छिन् । लामो समय नेपाली गायक सुरेश लामासँग टिकटक लाइभमा जोडिँदै आएकी एालिय अहिले उनकै परिवारसहित नेपालमा छिन् ।

उनी नेपाली गायक सुरेश लामाको टिकटक जोडीको रुपमा परीचित छिन् । उनीरहरुको जोडी नेपालमा मात्र नभएर पाकिस्तान र अन्य देशमा पनि लोकप्रीय छ ।

डाक्टर एलियाले सुरेशको टिकटक लाइभमा जोडिँदै थुप्रै नेपाली फ्यान फलोइङ पनि बनाएकी छिन् । सुरेशको गायन, एलियाको अभिनय र साथको कारण नेपाली फ्यानहरुमाझ यो जोडी अति नै लोकप्रिय बनेको छ ।

हाल डा. एलिया नेपालमा भने परिवारसहित नेपाल घुम्न तथा म्युजिक भिडियोमा अभिनय गर्न साथै आफ्ना नेपाली फ्यान फलोअर्ससँग भेट्न आएकी हुन् ।

नेपाली संगीत क्षेत्र र सुरेश लामालाई विश्व मञ्चमा पु(याउने बताउँदै सोही अनुसार उनले साथ सपोर्ट गर्दै आएकी छन् । हामि भिडियोमा पनि देख्न सक्छौँ उनको स्वागतमा एयरपोर्टमा सयौँको संख्यामा रहेका नेपाली समर्थकहरु पुगेका थिए ।

डा.एलियाले नेपाली , पाकिस्तानी, बंगलादेशी, भारतीय समर्थक तथा फलोअर्स समेटेर अलरेस परिवार पनि बनाएकी छन् । जसमार्फत जाजरकोटका भुकम्पपीडितहरुका लागि रु बीस लाख भन्दा बढीको राहत सामग्री संकलन भएको थियो । उक्त राहत अलरेस परिवारका सदस्यहरु तथा सुरेश लामा आफैँ गएर जाजारकोटका भुकम्पपीडितलाई बाँडेका थिए ।

डाक्टर एलियाले खोलेको अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा पनि चिनिन्छ । एलियाको एएल र सुरेशको आरइएसएच शब्द जोडेर बनेको अलरेस परिवार चाँडै नै अलरेस इन्टरनेशनलको रुपमा विश्वभरी फैलिने क्रममा रहेको अलरेस परिवारका सक्रिय सदस्य तिर्थ आचार्यले बताएका छन ।

यसअघि पाकिस्तानकी छोरी एलिजे र नेपालका आयुष सिँङ ठकुरीले पनि जाजारकोटका भुकम्पपीडितलाई २० लाख बराबरको राहत समाग्री वितरण गरेका थिए । अलिजेका परिवारसहित नेपाल आएर राहत सामाग्री वितरण गरेका थिए । आयुष र एलिजे पनि सर्वाधिक रुचाइएका जोडी हुन् । टिकटक लाइभबाटै यात्रा तय गरेका यी जोडी अहिले नेपाल घुम्ने क्रममानै छन् ।

नेपाललाई संगीतको माध्यामबाट विश्वभरी चिनाउने, एलियाले नेपाली प्रति देखाएको साथ सपोर्ट, माया र करुणालाई विश्व मानव जातिमा बाँड्ने उद्दश्येका साथ अघि बढेको अलरेस परिवारका अर्का सक्रिय सदस्य सुजेश लामाले बताएका छन् । सोही क्रममा उनी १५ दिन नेपालमै रहने छिन् ।

डाक्टर एलियाको टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेका छन् । त्यस्तै उनको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख र युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् ।