Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १९ मंसिर । काठमाडौं मेडिकल कलेज (केएमसी) ले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा छ सय ११ जना लाभान्वित भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा आयोजित कार्यक्रममा छ सय ११ जना बिरामी लाभान्वित भएका हुन् ।

शिविरमा ७९ जनाको इसिजी, १०४ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिएको तथा २२ जनालाई थप उपचारका लागि ओ.टी.रेफर गरिएको छ ।

शिविरमा केएमसीका स्वास्थ्यकर्मीहरुले नाक कान घाँटी, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, दन्त रोग, बाल रोग सम्बन्धी सेवाहरु दिएका थिए । केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हाल प्रतिनिधि सभा सांसद रहेका तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल कुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् ।