Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केएमसीद्वारा काभ्रेपलाञ्चोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केएमसीद्वारा काभ्रेपलाञ्चोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ मेडिकल कलेज (केएमसी)ले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ ।

ग्रीस नेपाल र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको भवनमा स्वास्थ्य शिविर सञ्चालन गरिएकाे हाे । शिविरबाट ७७२ बिरामीले सेवा लिएका छन् ।

जसमा १६२ जनाले यूएसजी, १३७ जनाले ल्याब तथा ८३ जनाले ईसीजी गरेका थिए । साथै २८ जनाको दाँत खोलिएको थियो भने ३९ जनालाई ओटी रेफर गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसअघि केएमसीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियाे । शिविरमा ६११ बिरामीले लाभ लिएका थिए ।

नेपाली कांग्रेसका नेता एवं सांसद डा‍. सुनिल शर्मा नेतृत्वको केएमसीले नागरिकलाई सहुलियतमा सेवा दिइरहेको छ । केएमसी हालै सामाजिक सुरक्षा कोषमा उत्कृष्ट हुँदै सरकारबाट सम्मानित भएको थियाे ।