काठमाडौँ । नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतीय रियालिटि सो इन्डियन आईडल कारण बिशेष चर्चामा छिन् । उनलाई उक्त सो का सबै जजहरुले निकै तारिफ गरिरहेका छन् । उनको प्रस्तुतिले सबैलाई आकर्षित गरिरहेको छ । अब प्रसारण हुने एपिसोडमा त उनले झन् धमाकेदार प्रस्तुति दिएकी छिन् भन्ने अकालन गर्न सकिन्छ किनकि भारतीय चर्चित अभिनेता रणवीर कपुरले मेरो नाम रणवीर हो र म तपाईसंग आशिर्वाद लिन चाहन्छु भनेर मेनुकाको खुट्टा ढोगेका छन् । एक नेपालि चेली अन्तरास्ट्रिय मंचमा पुगेर यति धेरै लोकप्रिय बन्नु भनेको हाम्रो नेपालि र हामि सिंगो नेपालिको लागि निकै गौरवको बिषय हो ।
नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा धमका मचाइरहेकी छन् । रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले धमका मचाएकी हुन् । उनले उक्त सो भरि धमकेदार पफमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् ।यस एपिसोडमा भने रनवीरको मन समेत जितेकी छन् । यसकारण मेनुकाको प्रस्तुती देखेर उनले मेनुकाको खुट्टा ढोगे । मेनुकाले अगर तुम साथ हो भन्ने गीत गाएकी थिइन् । गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने । रनवीरले मेनुकालाई भने, मेनुकाजी मेरा नाम रनवीर हे मे आप से आर्शीवाद लिन चाते हु’ । उनले भारतमा श्रेया घोसाललाई संगीतकि देवी मानिन्छ यसर्थ मेनुकालाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै तारिफ गरे । मेनुकाले रनवीनलाई केही प्रश्नसमेत सोधेकी थिइन् । उनले भनेकी थिइन् मैले सुनेको छु रणवीर जी तपाइँ निकै ह्यान्डसम र क्युट हुनुहुन्छ रे । अनि तपाईको छोरी पनि तपाईजस्तै क्युट छिन् रे सो छोरीसँग समय बिताउदा कुन कुन गित गाउनुहुन्छ भनेर प्रश्न गर्छिन् र रणवीरले पनि गितको नाम भनेर उनको प्रश्नको जवाफ दिन्छन् ।
इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी दृस्टीबिहिन गायिका मेनुका पौडेललाई गत एपिसोडहरुमा पनि फिल्मको अफर आईसकेको छ । साथै भारतीय संचारमाध्यमहरुले लता मंगेशकरको आवाजसँग मेनुकाको आवाजलाई तुलना समेत गरिदिएका छन् जुन मेनुकाको लागि निकै सौभाग्यको कुरा हो । दिपावली विशेष एपिसोडमा एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् । मेनुकाको गायकीबाट प्रभावित भएर उनले इण्डियन आइडलको स्टेजमा भनेका थिए एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ ।’ इण्डियन आइडलको मंचमै फिल्मको प्रस्ताव आएपछि मेनुकालाई दिपावलीको राम्रो उपहार मिलेको भन्दै प्रशंसा भएको थियो । फिल्मको प्रपोज भएपछि जज्हरुले पनि खुशि भएर ताली बजाएका थिए । करिव ५ बर्ष अघि बिर्तामोड, झापाकी मेनुका पौडेल रियालिटी टेलिभिजन सो नेपाल आइडलबाट पियानो र थियटर राउन्ड पार गर्दै टप ११ मा पुगेर बाहिरिएकी थिईन् । दर्शकको कम भोट पाएको भन्दै मेनुका आउट भएको घोषणा गरिएको थियो । यसरि नेपाल आइडलबाट बाहिरिएर छिमेकी मुलक भारतको टेलिभिजन रियालिटि सो इण्डियन आइडलमा पुगेर यसरि लोकप्रिय बनेपछी उनलाई नेपाल आइडलका जजहरुले नचिनेको भन्दै टिका- टिप्पणी पनि भैरहेका छन् ।
इन्डियन आइडल सिजन १४ को अडिसनदेखि नै नेपाली गायिका मेनुका पौडेलले सबैको मन जितेर चौतर्फी प्रसंसा बटुलीरहेकि थिईन् । उनले अडिसनमै गोल्डेन माइक जितेकी थिइन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् । मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छाएको थियो । त्यसपछि सबै निर्णायकहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिए ।
२०७२ सालको असोजतिर मेनुका बुवाको साथ लागेर काठमाडौं आइन् । बुवाले उनलाई सिर्जना कलेजमा भर्ना गरेर फर्किएउनी काठमाडौं आएको केही समयमै रेडियो नेपालमा राष्ट्रिय गायन प्रतियोगिता हुने भयो । मेनुका त्यसमा भाग लिन जोशिइन् । त्यसपछि मेनुकाले रेडियो नेपालको प्रतियोगितामा भाग लिइन् । र, प्रथम भईन् । यससँगै उनको हौसलाले नयाँ उडान लियो । त्यसपछि उनले भाग लिइन् नेपाल आइडलमा । जहाँ उनी टप ११ सम्म पुगेर पब्लिक भोटका आधारमा आउट भइन् । यो प्रतियोगिताले उनलाई देशभर चिनायो । विश्वभर रहेका नेपालीहरु उनका फ्यान भए । र अहिले इन्डियन आइडलको अन्तरास्ट्रिय मन्चमा पुगेर यति धेरै लोकप्रियता कमाईरहेकी छिन् कि यो नेपालि सिंगो नेपालीको गौरवको बिषय बनेको छ ।