४ मंसिर, काठमाडौं ।
नेपालमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्याङ्जा निवासी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ती बालिकाको शल्यक्रिया डा। रविन्द्रभक्त तिमलाको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरिएको थियो ।
डा। तिमलाको अनुसार २६ असोजमा ९ घन्टा लगाएर शल्यक्रिया गरिएको बालिकालाई २३ दिन आइसियूमा राखेर उपचार गरिएको थियो । अहिले वार्डमा सारिएको बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य भएको छ । ती बालिकामा जन्मजात मुटु रोगका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो ।
चिकित्सकीय भाषामा बालिकामा ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनिरी स्टेनोसीसको समस्या थियो । यस्तो समस्या भएको मानिसमा शरीरको अक्सिजनको मात्रा एकदमै कम हुन्छ ।
यस्तो समस्यामा मुटुको देब्रे खण्डबाट निस्किनु पर्ने मूल धमनी दाहिने खण्डबाट निस्केको र दाहिने खण्डबाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्डबाट निस्केर साँगुरिएको थियो । साथै मुटुको तत्लो भागको दुई कोठाबीचमा ठूलो प्वाल परेको थियो ।
उक्त शल्यक्रिया गर्नका लागि मुटु झण्डै ४ घन्टा बन्द गर्नुपरेको र पूरा शल्यक्रिया गर्नका ९ घन्टा लागेको थियो । उनका अनुसार यस प्रकारको समस्या बच्चा जन्मदाँ नै बनावटमा आएको समस्याका कारणले हुनेहुन्छ ।
ती बालिकाको डा।रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा। मारिषा अर्याल, डा सुजन बोहरा र एनेस्थेसियामा डा। स्मृति महाजुलगायतको टोली सहभागि थिए ।जन्मजात रुपमा मुटु रोगबाट ती बालिकाको विगत ३ वर्षदेखि नै गंगालाल अस्पतालमा स्वास्थ्य परीक्षण भएर रोग पत्ता लागेको थियो । तर, त्यतिबेला परिवारले नमानेको र चिकित्सकले समेत आँट नगरेकाले शल्यक्रिया हुन सकेको थियो ।