Shares
Shares
काठमाडौँ । तितो स्वाद हुने तरकारी हो तिते करेला । करेला खाँदा निकै तितो हुन्छ तर यसका गुण निकै मिठा छन् । करेला स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक मानिन्छ । यसले मधुमेहको खतरादेखि लिएर शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी मानिन्छ ।सामान्यतया हामि तिते करेला भन्ने बितिकै नाक खुम्च्याउछौ । तितो स्वाद हुने भएकाले धेरैको रुचाईमा नपर्ने तरकारी हो करेला । तर यहि तिते करेला हाम्रो स्वास्थ्यको लागि निकै लाभदायी हुने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
आउनुहोस आज हामि तपाईलाई खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा बुझाउछौ ।
स्वास्थ्य रहन खानपानमा ध्यान दिन जरुरी छ् । अझ सन्तुलित भोजनको लागि सबै प्रकार र स्वादका अर्ग्यानिक खानाको धेरै महत्व छ । कस्तो खानपान कुन व्यक्तिले सेवन गर्ने जस्ता कुराहरु थाहा पाउन जरुरी हुन्छ । जसले गर्दा स्वस्थ रहन सकिन्छ । हाम्रो वरिपरी धेरै प्रकारका तरकारीहरु रहेका छन् । सवैको भुमिका उत्तिकै रहेका छन् । तरकारीमा साग , आलु, भेन्टा ,फर्सी, काउली , बरेला, करेला आदि जस्ता तरकारीहरु बजारमा पाइन्छ भने गाउँ घरमा खेत बारीमा पाइन्छ ।
खाँदा तितो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक छ । तरकारी वा अचार जे बनाएर खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदा नै गर्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छन्।
तिते करेलाको सेवनले स्वास्थ्यमा पुर्याउने फाईदाहरूः-
शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ । पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ । करेला सेवनले भाइरस र ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउनुका साथै प्रतिरोधी क्षमताको विकास गर्छ। गर्मी याममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउछ । दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । करेला खाएमा शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण हुन्छ। जसले गर्दा हृदयाघात र पक्षाघातको जोखिम कम हुन्छ। पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् । बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ । तितेकरेलामा एन्टिअक्सिडेन्ट, भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ। जसले एजिङ र चाउरीपनाको समस्या कम गर्छ। कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ। जुसले कलेजो सफा राख्न मद्दत गर्छ। डाइबिटिजका बिरामीहरूको लागि करेलाको सेवन निकै फलदायी मानिन्छ । तितेकरेलामा पाइने पी इन्सुलिन नामक तत्त्वले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। करेलाले व्लड प्रेसर घटाउन मद्दत गर्दछ तसर्थ अधिक व्लड प्रेसर हुनेका लागि लाभदायक हुन्छ भने न्यून प्रेसर हुनेले ख्याल गरेर सेवन गर्नु पर्दछ । मोटोपन भएका मानिसका लागि तितेकरेला लाभदायी मानिन्छ। यसले क्यालोरी, बोसो र कार्बोहाइड्रेटको मात्रालाई कम गर्छ।
करेलाको पात धेरै प्रकारका छालासम्बन्धी रोगहरूसँग सम्बन्धित छ र यसले शरीरमा संक्रमण हुनबाट जोगाउन सक्छ। यसमा पाइने पौष्टिक तत्वले पेटको समस्या समाधान गर्छ । यसले दाँत दुख्ने, चिलाउने, टाउको दुख्ने जस्ता समस्याबाट पनि छुटकारा दिन्छ । अर्को कुरा के छ भने धेरैको रगतमा फोहोर हुन्छ । यस्तो अवस्थामा पाइतालामा जलन हुने र शरीरका विभिन्न भागमा जलन हुने मानिसहरू बताउछन । यस्तो अवस्थामा करेलाको पातले तपाईंलाई मद्दत गर्न सक्छ। यसमा ठूलो मात्रामा एन्टी फंगल गुण हुन्छ। साथै करेलाको सेवनले तपाईंको रगतलाई शुद्ध बनाउँछ।
यसैगरी महिनावारी दुखाइबाट पनि राहत मिल्छ /महिनावारीको समयमा महिलालाई असह्य पीडाको सामना गर्नुपर्ने हुन्छ । करेलाको पातको सेवनले यो दुखाइ सजिलै कम हुन्छ । यसका लागि १०-१५ वटा करेलाको पातको रस निकालेर त्यसमा मरिचकाे धुलाे, पिपलको धुलो र सौंफ मिसाएर पिउनुहोस्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209