Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिनमा १ ग्लास कागतीपानि खाने गर्नुस, हुन्छन् यति धेरै फाइदाहरु

दिनमा १ ग्लास कागतीपानि खाने गर्नुस, हुन्छन् यति धेरै फाइदाहरु

काठमाडौँ । बिहान उठ्नासाथ चिया खाने आम नेपालीको बानी छ । तर, चियाको साटो कागती पानी खानुका थुप्रै फाइदा रहेका छन् । बिहान खाली पेटमा मनतातो पानी पिउनेहरुको जमात बढ्दै गएको छ । तर, मनतातो पानीभन्दा कागती पानी सर्वोत्तम हुने चिकत्सकहरुको भनाई छ । कतिपयले त कागती पानी पिउने पनि गर्नुहुन्छ। यसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। हामीलाई स्वस्थ राख्न यसले मद्दत गर्छ। कागतीलाई विभिन्न समस्याको समाधानका रूपमा वा एक प्रकारको घरेलु औषधिकै रूपमा लिने गरिन्छ। आयुर्वेदमा पनि कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ। कागती पानी जुनसुकै समयमा पानी पिउन सकिन्छ। पछिल्लो समय भने मानिसहरुले अलिक स्वास्थ्य सावधानी अपनाउदै चिया भन्दा घि पानि पिउने बानि बसालेका छन् /यसकारण बिहान खाली पेटमा मनतातो पानी पिउनेहरुको जमात बढ्दै गएको छ । तर, मनतातो पानीभन्दा कागती पानी सर्वोत्तम हुने चिकत्सकहरुको भनाई छ ।

१) बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिएमा पेट राम्ररी सफा हुन्छ । कब्जियत हुँदैन ।

२) बिहान खाली पेटमा कागती पानी पिएमा मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।

३) पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।

४) तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाइ हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

५) मुख र सासको गन्ध हट्छ । यसमा रहेको भिटामिन सिले तपाईंलाई धेरै फाइदा पुग्छ ।

कागती पानी खानुका फाइदाहरु –

१. यदि तपाईहरुको कलेजोमा बोसो जमेको छ भने कागती पानी घरेलु औषधी बन्न सक्छ । कागती पानीमा भिटामिन ‘सी’ हुन्छ । यसमा धेरै मात्रामा एन्टि–अक्सिडेन्ट पाइन्छ । यी दुवै चिजले हाम्रो शरीरमा ग्लुटाथायोन बनाउनका लागी मद्दत गर्दछ । हाम्रो कलजोभित्र विषहरु जम्मा भएर बसेको हुन्छ, जसले गर्दा कलेजोमा जमेको बोसो हटाउन ग्लुटाथायोनले मद्दत गर्दछ । त्यसैले कलेजोमा बोसो जमेको कागती पानीले बोसो हटाउन सधै बिहानको समयमा एक गिलास पानी र एउटा कागती खाने गर्नुपर्दछ ।

२. तपार्इंहरुलाई पत्थरीको समस्या छ वा बारम्बार पत्थरी हुने समस्याले सताएको छ भने कागती पानीले धेरै फाइदा गर्दछ । प्रायजसो पत्थरी क्याल्सियम अक्जिलेटको कारणले हुने गर्दछ । कागतीमा साइट्रिक एसिड पाइन्छ । साइट्रिक एसिडलाई साइटे«ट पनि भनिन्छ । हाम्रो किड्नीभित्र पत्थर बनेको हुन्छ त्यसलाई फुटाउने काम साइट्रेटले गर्दछ र पिसाबलाई क्षारीय बनाउन मद्दत गर्दछ । साथसाथै किड्नीमा रहेका पत्थर पिसाबसँगै जान्छ र बारम्बार पत्थरी हुने प्रक्रिया बन्द हुन्छ ।

३. निरन्तर कागती पानी पिउनाले हाम्रो अनुहारलाई स्वस्थ बनाउन र चम्किलो बनाउन मद्दत गर्दछ । कागतीको निरन्तर प्रयोगले हाम्रो शरीरभित्र रहेको कोलेजिनको मात्रा बढ्छ । कोलजिनले हाम्रो अनुहारको छालालाई टाइट बनाएर राख्ने र चम्किलो बनाउने काम गर्दछ । हाम्रो अनुहार चाउरी पर्ने, छाला पातलो हुने, छाला झुण्डिनेजस्ता समस्या कम गर्दछ र हाम्रो उमेर भन्दापनि कम उमेरको देखिन मद्दत गर्दछ । त्यसैले यसको प्रयोगले हाम्रो छाला स्वस्थ रहन्छ, चम्किलो र मुलायम बनाउँछ । साथसाथै, अनुहारमा आउने समस्याहरु कम गर्दछ ।

४. धेरैजसो मानिसहरु तौल घटाउन कागती पानीको प्रयोग गर्ने गर्दछन् । कागती पानीमा पोनिफिनोल नामको एन्टिअक्सिडेन्ट धेरै पाइन्छ । पोनिफिनोलले हाम्रो शरीरभित्रको मोटोपन कम गर्छ र शरीरको तौल घटाउने काम गर्दछ । कागती पानीले हाम्रो शरीरमा बोसो जम्मा हुन दिदैँन र मधुमेहजस्तो रोगपनि कम गर्दछ ।

५. कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले सेल्सलाई क्षति हुनबाट जोगाउँछ । यसको साथसाथै हाम्रो शरीरभित्र जो फ्री रेडिकल्सले गर्ने क्षतिलाई न्युट्रिलाइज गर्ने काम भिटामिन ‘सी’ ले गर्दछ । भिटामिन ‘सी’ ले हाम्रो मुटुको रोगलाईपनि कम गर्दछ । मुटुको भित्र माइक्रो भ्यास्क्युलेटर हुन्छ कहिलेकाँही भिटामिन ‘सी’ को कमीको कारणले रगत पटक पटक क्यापलरीबाट निस्कन सुरु गर्दछ र यसलाई बन्द गर्नको लागी कोलेस्ट्रोल र क्याल्सियम आएर जम्छ । त्यहाँ सानो चिजहरु जम्यो भने विस्तारैविस्तारै बन्द गर्ने काम गर्दछ । कागती पानीको प्रयोगले इन्सुलेन्सको सेन्सिटीभिटी बढ्ने, हाम्रो शरीरभित्र रहेको सेल्सलाई क्षति हुनबाट बचाउँछ र रगतको मात्रा बढाउन मद्दत गर्दछ । यस्तै रक्तसञ्चार सम्बन्धी रोग लाग्दैन रक्तसञ्चारसँग जोडिएका हरेक समस्यामा कागती पानीले धेरै फाइदा पु¥याउँछ। बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ति राख्न र शरीरमा पानीको कमी हुन दिँदैन। समग्रमा कागती पानि मानव स्वास्थ्यको लागि निकै फाइदाजनक रहने बुझिएको छ यसकारण दिनको १ ग्लास कागती पानि पिउने बानि बसाल्नुस ।