Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल सरकारले गर्यो टिकटक बन्द गर्ने निर्णय

नेपाल सरकारले गर्यो टिकटक बन्द गर्ने निर्णय

काठमाडौँ । अन्तत नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ। चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य सूचनाहरू चीन सरकारसम्म पुर्‍याउने आरोप लगाउँदै कतिपय पश्चिमा देशहरू र भारतले समेत प्रतिबन्ध लगाएका छन्। टिकटकले भने त्यस्ता आरोपलाई निराधार भनी खण्डन गर्दै आएको छ। विशेष गरी केहीअघि नेपालका विभिन्न स्थानमा भएका ‘सामाजिक सद्भाव भड्काउने’ खालका गतिविधिमा टिकटकको प्रयोग धेरै भएको पाइएपछि सरकारले पछिल्लो कदम चालेको हो। केहीअघि पूर्वी नेपालको धरान र सर्लाही तथा पश्चिम नेपालको नेपालगञ्जमा धार्मिक प्रकृतिका विवादहरू भएका थिए। त्यसका लागि ‘गलत कुरा फैलाउने माध्यम टिकटक बनेको’ भन्दै सुरक्षा निकायहरूले कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको अधिकारीहरू बताउँछन्। त्यस क्रममा कतिपय त्यस्ता गतिविधिमा संलग्नहरूको खोजी गर्न टिकटकले सहयोग नगरी सम्भव नहुने देखिएपछि नेपाल सरकारले टिकटक सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क गरेको थियो।

उसो त भारत, क्यानडा, अफगानिस्तान, ताइवान अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क र नेदरल्यान्ड्सलगायतका देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । यस भन्दा अघि पनि धेरै पटक टिकटक बन्द हुने हल्लाहरु चलिरहेकै थिए । तर हल्ला हल्लामै सिमित थियो अब भने सरकारले व्यावहारिक रुपमै लागु गर्ने भएको छ । यो भन्दा अघि पनि टिकटक मार्फत गैरकानूनी सामग्री प्रकाशन तथा प्रसारण गर्ने कार्यलाई कडाइ गरिने निर्णय गरेको थियो । गृह मन्त्रालयलेनै एक विज्ञप्ति जारी गर्दै त्यस्ता सामग्री टिकटकबाट स्वत: हट्ने व्यवस्था मिलाउन र दोषी उपर कानूनी कारबाही गरिने भनिएको थियो । यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफल पनि भएको भएको छ । उक्त छलफलले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र दोषी उपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरो लगायतका सरकारी निकाय र टिकटकको कार्यालयबीच सहकार्य बढाउने निचाेड निकालेकाे थियो ।

“टिकटकमार्फत सामाजिक सद्‍भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्‍भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारबाहीको दायरमा ल्याउन सहज हुनेछ,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।

साथै टिकटक लगायतका सामाजिक सञ्जाल व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अङ्ग बनिसकेकाले सामाजिक सद्‍भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गर्न गृह मन्त्रालयले अनुरोध पनि गरेको थियो । वास्तवमै हुनपनि राम्रा कुराहरु भन्दा नराम्रा कुराहरु बढी देखिन थालेका थिए टिकटकमा / हरेक व्याक्तिलाई यसको नशा लागेको जस्तै भएको छ । आम मानिस, सर्वसाधारण व्यक्ति त छदै नै छन् देशका जनप्रतिनिधि समेत यसको लत मा फस्दा पद नै चैट भएको खबर भर्खरैको हो जुन हामि सबैलाई थाहा नै छ । यसकारण अब टिकटक बाटै मार्ने काट्ने /साथै अश्लिल तथा /नकारात्मक कुराको प्रचारप्रसार फैलिन थालेपछी नेपाल सरकारले टिकटक बन्द गर्ने निरणय गरेको छ / सम्भवत् अब छिटै नै टिकटक बन्द हुने छ ।