Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली डाक्टरले राखे विश्व रेकर्ड / को हुन् त उनि ?

नेपाली डाक्टरले राखे विश्व रेकर्ड / को हुन् त उनि ?

काठमाडौँ । यिनी हुन् मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिल । यीनालाई नचिन्ने सायदै हुनहुन् होला । आफ्नो कार्यालय समय त छदै छ त्योबाहेक उनि सामाजिक संजालमार्फत आम जनमानस समक्ष स्वास्थ्यका कुराहरु बाडीरहहेका हुन्छन् । हो यिनै लोकप्रिय चिकित्सकले आज विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । यहि सन्दर्भमा हिजो पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिएका छन् । उनले भनेका छन् “गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु”, उनले भने, “यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।” असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए ।

डा.ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छ । उनले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिएका थिए । वास्तवमै उनी न त कुनै राजनीतिज्ञ हुन्, न त कुनै सेलिब्रेटी अथवा कलाकार नै । न त उनी कुनै सामाजिक अभियन्ता हुन्, न त लोकप्रिय खेलाडी नै । तर, उनी सामाजिक सञ्जाल (फेसबुक) मा अत्यन्त लोकप्रिय छन् । उनले आफ्नो फेसबुक पेजमा अपलोड गर्ने भिडियोले पाएको लाइक, कमेन्ट तथा शेयर कुनै अन्तर्राष्ट्रिय हस्तिको भन्दा कम छैन । उनको फेसबुकमा ६० हजार जति कमेन्ट भएको तीन वटा पोस्ट र १० लाख भन्दा बढी भ्युज भएको २२ वटा भिडियोहरु भेटिन्छन् । उनका अधिकांश भिडियो एक लाखभन्दा बढी पटक हेरिएका पनि छन् ।

फेसबुक पेजमार्फत करोडौं नेपालीको मनमा बस्न सफल यी व्यक्तित्व हुन् वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल, जसलाई आज फेसबुकमा १२ लाख बढीले पछ्याएका छन् । उनका भिडियो र पोस्टबाट प्रेरणा पाएर अधिकांश देश र विदेशमा बस्ने नेपालीले स्वास्थ्यलाभ लिएका छन् । कसैले चुरोट/मदिरा छाडेका छन् त कसैले तौल घटाएका छन् । कसैले दैनिक हिँड्न थालेका छन् त धेरैले आफ्नो खानपिनमा परिवर्तन गरेका छन् । यी सबै कुरा डा.ओमका फलोअरहरुको कमेन्ट पढ्दा थाहा पाउन सकिन्छ । हँसिलो मुहार अनि सरल स्वभावका यी चिकित्सक फेसबुकमा यति धेरै लोकप्रिय छन्, उनले अपलोड गरेको स्वास्थ्य सम्बन्धि जानकारीसहितको एक भिडियो ३८ हजार भन्दा बढी पटक शेयर भएको छ । फेसबुकमा कुनै पनि स्वास्थ्य सम्बन्धि जानकारी समेटिएको भिडियो यो संख्यामा शेयर भएको अहिलेसम्म फेला पारेको छैन । साच्चै स्वास्थ्य क्षेत्रमा कार्यरत एउटा चिकित्सकले सामाजिक सञ्जालमा यति धेरै रेस्पेक्ट कसरी कमाउन सक्छ जस्तो लाग्छ ।

विराट कोहली, जो विश्वमै सर्वाधिक फेसकुब फलोअर्स भएका उत्कृष्ट ७० भित्रै पर्छन्, उनको वर्षभरीका पोस्टहरु मध्ये ५–६ पोस्टले मात्र ५० हजार बढी कमेन्ट पाएका हुन्छन् । ती पनि निकै ठूलो उपलब्धिको अवसरमा । सामान्यतया जुन व्यक्तिको अन्य मानिसहरुसंग गहिरो एट्याच्मेन्ट हुन्छ, ती व्यक्तिले मात्र उसको पोस्टमा कमेन्ट गर्छ । डा.अनिलको छोरा जन्मिएको पोस्टमा ६२ हजार कमेन्ट र एक लाख ५५ हजार लाइक रहेको छ । छोरीको बर्थडे मा ५८ हजार कमेन्ट र १ लाख ६० हजार लाइक देखिन्छन् । केही महिनाअघि डा.अनिलले आफ्नो बुवालाई गुमाए । उनले सामाजिक सञ्जालमार्फत बुवालाई श्रद्धाञ्जली दिएको भिडियामा ६२ हजारले त समवेदना नै प्रकट गरे । अर्थात, डा.अनिललाई फेसबुकमा पछ्याउनेहरुले उनको सुख तथा रमाइलो क्षणमा मात्र होइन, दुःखमा पनि उत्तिकै साथ दिएका छन् । डा.अनिलका भिडियोले पाएका यति धेरै कमेन्टहरु कुनै विश्व प्रसिद्ध सेलिब्रेटी, खेलाडी अथवा कलाकारका पोस्टमा मात्र यदाकदा देख्न सकिन्छ । उनीहरुका पोस्टमा हजारौं कमेन्ट आउने मुख्य कारण भनेको उनीहरुलाई विश्वभरीका मानिसहरुले पछ्याएका हुन्छन् र उनीहरुका मल्टि मिलियन फलोअर्स हुन्छन् । तर, डा.ओमलाई १२ लाखले मात्र फलो गरेका छन्, जुन अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त हस्तिहरुको अगाडि सामान्य फलोअर्स हो । तर यो संख्यामा फलोअर्स भए पनि उनले पोस्ट गर्ने कन्टेन्टमा मानिसहरुले गर्ने कमेन्ट, लाइक तथा शेयर भने अविश्वसनिय पाएको छ ।

एउटा विसुद्ध स्वास्थ्यकर्मीको स्वास्थ्य सचेतनाको उदेश्यले बनाइएका भिडियोहरु लाखौं–लाख दर्शकहरुले मन पराइरहेका छन् । कहिले खानाका बारेमा त कहिले खाना खाएपछि के गर्ने भन्ने बारेमा जानकारी दिइरहेका हुन्छन् । गुड–फुड ह्याबिटदेखि आध्यात्म, दाइजो प्रथा हुँदा माया–प्रेम र राजनीतिका बारेमा समेत डा.अनिलले भिडियो बनाइरहेका हुन्छन् । सामान्यतया हाम्रो समाजमा एउटा डाक्टरप्रतिको धारणा बिरामीलाई ठिक पार्ने व्यक्तिको रुपमा स्थापित छ । त्यसबाहेक डाक्टरको सामान्य मानिसहरुसंग खासै चिनजानसमेत हुँदैन । एउटा डाक्टर मानिसहरुबीच खासै लोकप्रिय पनि हुँदैन । सामान्यतया फेसबुकमा राखिने मेडिकल कन्टेन्टमा मानिसहरुको खासै रुची हुँदैन । मान्छेहरुलाई रमाइलो कुरा हेर्न मनपर्छ, मनोरञ्जनको कुरा हेर्न मन लाग्छ । भाइरल भैरहेका कुरा हेर्न मनपर्छ, विवादका विषयका भिडियोहरु हेर्न मनपर्छ । मेडिकल कन्टेन्टलाई यति धेरै रुचाइएको, विश्वव्यापी रुपमा हेर्ने हो भने पनि यो निकै दुर्लभ कुरा हो ।

जब कि डा.अनिलले फेसबुकमा अपलोड गर्ने ती भिडियोहरु एउटा मोबाइलको सामान्य क्यामराले खिचिएका हुन् । भिडियो खिचाइमा कुनै व्यवसायिकता छैन, न कुनै त्यस्तो सम्पादन छ, न कुनै त्यस्तो ग्राफिक्स अथवा भिएफएक्स गरिएको छ, न त कुनै कुरा इन्सर्ट नै गरिएको छ । डा.अनिलले पाएको यो स्तरको लोकप्रियता जो–कोहिले पाउन असम्भव छ । यसले के बुझिन्छ भने, उनका कन्टेन्टहरुले नेपालमा मानिसलाई कुन हदसम्म प्रभावित गरेको छ भने डा.ओमको भिडियो आउने बित्तिकै मान्छेले शेयर गर्छन्, लाइक गर्छन्, कमेन्ट गर्छन्, हेर्छन् । डा.साब, फेसबुकको यो लोकप्रियता कसरी सम्भव भयो त भन्ने प्रश्नमा उनि , मैले गरेका पोस्टहरुमा यति धेरै जना मानिसहरु जोडिने कारण भनेको मानिसहरुको मप्रतिको विश्वास हो भन्छन् । मैले फेसबुकमा एग्रेसिभली कन्टेन्टहरु अपलोड गर्न थालेको ६ वर्ष भयो । हरेक दिन, नछुटाइ केही न केही दिइरहेको छु । मानिसहरुलाई उनीहरुको व्यवहारिक जीवनमा काम लाग्ने सामग्रीहरुका लागि मैले प्रसस्त मेहनत गरेको छु, मनैदेखि बनाएको छ अनि पैसा पनि खर्च गरेको छु । यति मेहनत गरेको छु कि यो अवधिमा मैले यति नै मेहनत र खर्च गरेर अरु कुनै काम गरेको भए त्यसले यो भन्दा पनि ठूलो सफलता प्रदान गर्ने थियो होला, आर्थिक र करियरको दृष्टिकोणले पनि । यद्यपि, मलाई मानिसहरुलाई जनचेतना जगाउने कार्यमै दत्तचित्त भएर लाग्न मन पर्यो भन्छन् उनि ।