Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फुटबल खेलाडी दिनेशलाई अस्टे्रलियाबाट नेपाल खेल्न आको बेला पक्राउ गर्यो प्रहरिले (भिडियो सहित हेर्नुहोस )

फुटबल खेलाडी दिनेशलाई अस्टे्रलियाबाट नेपाल खेल्न आको बेला पक्राउ गर्यो प्रहरिले (भिडियो सहित हेर्नुहोस )

कार्तिक २३, काठमाण्डौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी दिनेश राजवंशीलाइ प्रहरीले पक्राउ गरेको छ । नेपाल सुपर लिगको दोस्रो सिजन खेल्न अष्ट्रेलियाबाट आएका डिफेन्डर दिनेश राजवंशी प्रहरी हिरासतमा रहेको खुल्न आएको हो । अभद्र व्यवहारको कसुरमा फुटबल डिफेण्डर दिनेश राजवंशी पक्राउ परेका छन् ।

अभद्र ब्यबहारको कसुरमा फुटबल डिफेण्डर राजवंशी सहित उनका ३ जना साथीहरुलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताएका छन । प्रहरी वृत्त, दरबारमार्गले राजवंशीसहित पक्राउ परेका ४ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि ७ दिन म्याद लिइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराएर उनीहरुविरुद्ध अनुसन्धानका लागि समय लिइएको हो । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ गरिएको जनाईएको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/2062546174095031

नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका दिनेश पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका थिए । ११ महिनाअघि अष्ट्रेलिया गएका उनले त्यहाँ पनि फुटबल खेल्दै आएका थिए । मंसिर ८ गतेदेखि सुरु हुने नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करण खेल्न उनी नेपाल आएका थिए । उनलाई पोखरा थण्डर्सले आइकनिक खेलाडीका रुपमा अनुबन्ध गरेको थियो । उनी अब कम्तिमा अर्को सातासम्म प्रहरी हिरासतमै रहने भएका छन् ।

दिनेश यसअघि राष्ट्रिय टोलीमा रहँदा अनुशासन तोडेको कारण एन्फाको कारवाहीमा पनि परेका थिए । ४ वर्षअघि दिनेशसहित ४ खेलाडीले राष्ट्रिय टोलीको क्याम्प छोडेर बाहिर गएका कारण एन्फाले कारवाही गरेको थियो । त्यसबेला दिनेशले राष्ट्रिय टोलीबाट बाहिर रहनुका साथै १३ औं दक्षिण एसियाली खेलकुद र ए डिभिजन लिगमा पनि केहि खेल गुमाएका थिए ।

पोखराले उनलाई संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको थियो । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए ।

अघिल्लो सिजन ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले अनुबन्ध गरेपछि दिनेशले जनवरी २०२३ मा नेपाल छोडेर अस्ट्रेलिया गएका थिए । उनले लिग सुरु हुनुअघि नै नेपाल छाडेका थिए । अष्ट्रेलिया जान महासागर पार गर्नुअघि दिनेश नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य थिए । उनले नेपालको तर्फबाट २६ खेल खेलिसकेका छन् जसमा २४ खेलमा सुरुवाती रोजाईमा रहेरै खेलेका छन् ।

उनले २०७८ को ए डिभिजन लिग सिजन मनाङ मर्स्याङ्दी क्लबको प्रतिनिधित्व गरेका थिए। उनले त्यस लिग सिजनको सबै १३ खेलमा हरेक मिनेट खेलेका थिए। उनले एनएसएलको पहिलो संस्करणमा धनगढी एफसीको प्रतिनिधित्व गरेका थिए ।