Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

२२ कात्तिक-

यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसीले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग खेल्ने भएको हो ।

खेल आइसिसी एकेडेमीमा हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन् । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने छ । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा १२ डिसेम्बरमा साबिक विजेता भारतको सामना गर्ने तालिका छ । एसिसीले सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्ने छन् ।