कार्तिक २० ,काठमाण्डौ
यतिबेला इन्डियन आइडल सिजन–१४ मा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले निकै तारिफ बटुलिरहेको छ । पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन् । मेनुकाले गीत गाउँदै गर्दा ‘शो’ का निर्णायकहरु न्ौ भक्कानिएर रोएका थिए । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए। मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए । मेनुकाको प्रशंसामा महेश भट्टले भने– छोरी तिमीले जुन चन्द्रमा देखाएकी छौ, त्यो मैले कहिल्यै देखेको छैन ।
पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।
महेशका लागि यो गीत र फिल्म किन पनि विशेष छ भने यो फिल्म महेशकी आमा सिरिन मोहम्मद अलीको जीवनमा आधारित छ । फिल्ममा महेशकै छोरी पूजा भट्टले आमाको भूमिका निर्वाह गरेकी छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1534696450673179
मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए । प्रस्तुतिपछि स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे । ‘मेरो जिन्दगीको आफ्नो कथा यसमा कैद छ । हामीले यो फिल्ममा त्यो हिन्दुस्तान चित्रण गरेका छौं, जसले मिलिजुली बस्नुपर्छ भन्ने कुराको सेलिब्रेसन गर्छ । मलाई आज यकिन भएको छ कि एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईंले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन,’ मेनुकाको प्रस्तुतिको प्रशंसा गर्दै महेशले भने ।
जज श्रेया घोषालले मेनुकाले गाएको गीतको अन्तरालमा गहिराइ रहेको बताइन् । नेपाली गायिका पौडेलले यतिबेला इण्डियन आइडलको अन्तिम १५ मा प्रतिस्पर्धा गरिरहेकी छन् ।
मेनुका दुवै आँखा देख्दिनन्। उनले गीत गाउनुअघि भनिन्, ‘म सबै कुरा आफैँ गर्छु। म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु। जो सामान्य मानिस गर्छन्, म सबै गर्छु। मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबै कुरा आफैँ गर्नुपर्छ।’मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाएर उनलाई समर्थन गरे।
झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले तीस आधुनिक लगायत थुप्रै नेपालीमा गीत गाएकी छन् । डिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् । गोल्डेन माइकसँगै उनी टप १५ मा सेलेक्ट भएकी हुन ।उनको यो क्षमतालाई नेपालका जर्जहरुले नचिनेको भन्दै बिभिन्न खालका टिप्पणीहरु उठ्दै आएका छन । पौडेलको अहिले प्रतियोगितामा अन्तिम १५ को प्रतिस्पर्धा चलिरहेको छ । २५ वर्षकी मेनुकाले विसं २०७५मा भारतको रियालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११बाट बाहिरिएकी थिइन्।