Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- सरकार सधैं साथमा छ

क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- सरकार सधैं साथमा छ

काठमाडौं । नेपाल १० वर्षपछि आईसीसी टी २० विश्वकपमा छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान रहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘टी २० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’

उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै साथमा रहने प्रतिवद्धता जनाएका छन् । नेपाल एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ ।