काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका छन् । आफूबारे सार्वजनिक टेलिभिजन कार्यक्रममार्फत दिइएको अभिव्यक्तिलाई लिएर लामिछाने नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका हुन् ।
गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्री सुवेदी ‘जयनारी’ले लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि गम्भीर टिप्पणी गर्दै वध गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् । बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले कानूनी उपचार खोज्ने तयारी भइरहेको लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताएका छन् ।
“कार्यक्रममा आएको उक्त अभिव्यक्ति एउटा विषयमात्र नभएर धेरै कानूनविपरीत छ,” घिमिरेले भने, “विचाराधीन मुद्दाबारे सार्वजानिक रूपमा बोल्न अदालतले रोकेको छ । वाक स्वतन्त्रता विरुद्ध गएर सार्वजानिक रुपमा कसैको हत्या गर्नुपर्ने अभिव्यक्ति छ । राष्ट्रका लागि खेलिरहेको खेलाडी र परिवारको मानसिक पीडाका कुराहरू छन् । मुद्दा नै प्रभावित बनाउने अभिव्यक्ति आएको छ । यसो हुँदा अहिले हाम्रो समूहले डकुमेन्ट गरिरहेको छ ।” घिमिरेले कार्यक्रम निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी भैरहेको बताएको छ । सन्दिप लामिछानेलाई लागेको बलात्कार मुद्दा हामि सबैलाई यथावत नै छ । उनिमाथि एक नाबालिगलाई ललाई फकाई घुम्न लगेर साझ होटलमा लगेर जबरजस्तिकरनि गरेको आरोप छ/त्यसपश्चात उनि अन्तरास्ट्रिय खेलका लागि विदेश गएका थिए ।
जय नारीको नारा बोकेर आफूलाई सामाजिक अभियान्ताका रुपमा चिनाउने सावित्री सुवेदीले निकै भाईरल पात्र हुन् ।नारी न्यायका लागि आफू निरन्तर लडिरहने बताउँदै आएकी सुवेदी पेटिकोट आन्दोलनबाट चर्चामा आएकी हुन् । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई विवादित बनाए । बलात्कारविरूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदी पुरूषको शुक्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउँछिन्।
उनले आफू निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायका लागि लडिरहने बताएकी छिन्। नारीको न्यायका लागि लड्दै आएकी सुवेदीले ३५ वर्षमा एक्लै अथवा विवाह नै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने पनि बताएकी छिन्। साथै यौन व्यवशायलाई वैधानिक बनाउनुपर्ने आवाज पनि उनले वेलावखतमा उठाईरहेकि हुन्छिन् ।