Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका आस्था राउत विवाह गर्दै ..

गायिका आस्था राउत विवाह गर्दै ..

काठमाडौँ । लोकप्रिय गायिका आस्था राउतले आफु छिट्टै नै विवाह गर्ने तयारिमा रहेको बताएकी छिन् । उन भन्छिन् –विवाह गर्ने उमेर भयो, विचार गर्दैछु । म धनको धनी भन्दा पनि मनको धनी खोजिरहेको छु । म परिवारको एक्लो सन्तान हुँ । मसँग विवाह गर्ने मानिसले मेरो बुबाआमाको छोरा पनि बन्नुपर्छ । मेरो गीत संगीत र मलाई बुझ्ने हुनुपर्छ । त्यस्तो जीवन साथीको खोजीमा छु । बुबाआमाले पनि अव एउटा साथी चाहिन्छ भन्ने गरेको कारणले पनि विवाहको सोच गरिरहेको छु । तपाईँले विवाहको ‘गुड न्युज’ छिट्टै सुन्न पाउनु हुनेछ । म धूमधामसँग विवाह गर्दिन । सिम्पल बिहे गर्छु । बिहेमा गर्ने खर्च वृद्धाश्रमका लागि दिने सोच छ । ‘झुक्ने बुलाकी’, ‘मलाई नेपाली माया चाहिन्छ’ लगायत थुप्रै हिट गीत दिएकी आस्थाले फिल्ममा समेत थुप्रै गीत गाएकी छन् । फिल्म मायाज बारको ‘माया यो माया’, ढुवानीको ‘छलक छलक’, लाल्टिनको ‘म त चमेली’, छक्का पन्जा २ को ‘तिमी उता किनारमा’ लगायत उनले स्वर दिएको फिल्मको हिट गीत हुन् । उनले भर्खर मात्र नयाँ गीत ‘लै बरी लै’ ल्याएकी छन् । दसैँको छेको पारेर सार्वजनिक गीतमा उनी आफैले मोडलिङ गर्दै मज्जाले कम्मर मर्काएकी छिन् । यो उनको मोडलिङमा डेब्यु हो । गायिका आस्था राउत मात्र संगीत क्षेत्रमा नभएर उनको परिवार नै सांगीतिक छ । उनका बुवा हरिबहादुर राउत जो निकै अग्रज लोकदोहोरी गायक हुन् । परे फन्दामा मायाले बोलायो नेपाल बन्दामा /धेरै समयपहिलेको यो निकै चर्चित गित उनकै पिता हरिबहादुर राउतले गाएका हुन् / यी जस्तै अन्य थुप्रै लोकप्रिय गीतहरुमा हरिबहादुरले अवाज भरेका छन् ।

निकै हक्की स्वभावकी आस्था राउत पटक-पटक विवादमा तानिरहन्छिन् । केहि बर्ष अघि त्रिभुवन विमानस्थलमा उनि र चेकिंग गर्न बसेकी महिला प्रहरीकोको विवाद निकै चुलियो जुन हामि सबैलाई यथावत नै छ /एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष नै उपस्थित हुनुपरेको थियो । अन्तत उनले आफ्नो गल्ति स्वीकारेकी थिइन् । अर्को उनलाई अमेरिकी अध्यागमनले फिर्ता पठाएको कुराले पनि निकै चर्चा बटुल्यो ।त्यस्पछि भने उनि सुस्ताएकी छिन् ।हरिबहादुर र सावित्री राउतकी एक्ली सन्तान हुन् आस्था । २०४१ सालमा हरिबहादुर र पवित्राको विवाह भएको थियो भने त्यसको ४ वर्षपछि आस्था जन्मेकी थिइन् ।‘छोरा भए पनि छोरी भए पनि एउटा मात्र सन्तान जन्माएर समाजलाई पनि एउटा सन्देश दिन चाहान्थे आस्था राउतका आमाबुवाले ।

बुवा गायक आमा पनि गीत लेख्ने । सांगीतक माहोलमा हुर्किइन् आस्था । नाच्न पनि उत्तिकै पोख्त थिइन् । आस्था कक्षा ६ मा पढ्दै गर्दा हरिवहादुरले उनलाई संगीत सिक्न मिलन विद्या मन्दिरमा भरिदिए । हरिबहादुरका साथी चर्चित संगीतकार सुरेश अधिकारीले त्यहाँ सिकाउँथे । सुरेशले नै आस्थाको स्वरलाई निखारे । उनको आवाज पृथक खालको थियो । सोही विद्यालयमा पढ्दै गर्दा आस्थाले विभिन्न बाल गीत प्रतियोगिताहरुमा सहभागी हुन थालिन् । रेडियो नेपालको बाल गीत प्रतियोगितामा उनी दुई पटक दोस्रो भएकी छन् । यस्तै, काठमाडौंमा आयोजित वीरेन्द्र शिल्ड प्रतियोगितामा तीनपटक प्रथम भएर रनिङ शिल्ड पच पारेकी थिइन् । उसले त्यो बेला ‘छोरालाई पढ्ने पाठशाला, छोरीलाई पाखा र भिर” बोलको बाल गीत गाएकी थिइन् । एसएलसीपछि उनले ‘सालको टपरी गाँसेर’ बोलको रिमिक्स गीत गाइन्, जसले उनलाई चिनायो ।

आस्थाको फरक ‘टोन’ लाई धेरैले रुचाए । पछि उनले आफ्नै एल्बम निकालिन् ‘आधार – भाग १’ । यस एल्बममा भएका गीतहरु हिट भए । यस एल्बमा समावेश ‘खोइ त मलाई झुम्के बुलाकी‘, चौबन्दीमा पटुकी‘’ लगायत गीतहरुले आस्थालाई सांगीतिक क्षेत्रमा स्थापित गराएका हुन् । त्यसपछि देश तथा विदेशका कार्यक्रमहरुमा उनको डिमान्ड बढ्दै बढ्यो ।