Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायिका स्वेता खड्का विवादमा /अदालतले माग्यो लिखित जवाफ

नायिका स्वेता खड्का विवादमा /अदालतले माग्यो लिखित जवाफ

काठमाडौँ । नायिका स्वेता खड्का विवादमा तानिएकी छीन् । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ । उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझीसमेतले अदालतमा रिट दायर गरेका थिए । वरिष्ठ अधिवक्ता सुनिल पोखरेलका अनुसार अदालतको आदेशअनुसार श्वेताश्री फाउण्डेसन र सञ्चालक श्वेता खड्का पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ ।

श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएपछि घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत गुहारेका हुन् । यो सन्दर्भमा दायर निवेदनमा अदालतले बैंकलाई घरजग्गा लिलामी तत्काल नगर्न भनेको हो । चलचित्र नायिका श्वेता खड्काको चर्चा फिल्मको पर्दाबाट भन्दा बढी माझी बस्ती पुनर्निर्माण गरिदिने प्रचारबाट भयो । माझी बस्ती निर्माणको घोषणापछि श्वेता एकाएक समाजसेवी कहलिइन् । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिना नपुग्दै उनले पति वियोगको पीडा खेप्नु पर्‍यो । त्यसछिको एक्लो र निरस जीवनकै समयमा उनले माझी बस्ती निर्माणको घोषणा गरेकी थिइन् । पति श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको पाँच वर्षपछी निकै ठूलो खर्च गरेर बिहे गरिन् । दुईपटक त उनले रिसेप्सन पार्टी नै दिइन् । बिहेमा ठूलो रकम खर्च गरेर माझी बस्तीका लागि अरूसँग चन्दा याचना गरेको भन्दै उनको विरोध पनि भयो ।

उनले ‘श्वेता श्री फाउण्डेसन’ का नाममा सहयोग रकम जुटाएर बस्ती निर्माणको काम अघि बढाइन् । सबै किसिमका सञ्चार माध्यममा उनको प्रशंसा भयो । श्वेता माझी बस्ती निर्माणका लागि सामाजिक सञ्जालमार्फत रकम जुटाउन सक्रिय भइन् । विदेशमा बस्ने नेपालीलाई पनि आह्वान गरिन् । श्वेताले सबैले गौरव गर्न लायक बस्ती निर्माण गर्ने घोषणा गरेकी थिइन् । यता माझी बस्तीका बासिन्दाहरूले आफूहरूको थाप्लोमा ऋण थोपरिएको भन्दै गुनासो गरेका थिए । एकसमय सामाजिक सञ्जालमा श्वेताले उठाएको रकमको हिसाब हुनुपर्ने माग पनि भएको थियो । तर यी कुराहरु सेलाईसकेको अवस्था थियो । नायिका स्वेता खड्का पनि आफ्नो दोस्रो विवाह्पस्चात घर परिवार र आफ्नी छोरीसंग रमईरहेकी थिइन् । यहिबखत उनि पुन:विवादमा मुछिएकी छिन् ।

स्वेता खड्का एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट गरेकी थिइन् । जुन फिल्म उत्कृस्ट फिल्मको सूचिमा पर्छ । त्यो लगतै उनले ‘हाँसी देउन एक फेर’, ‘श्रीमान श्रीमती’ ,‘कान्छि’ लगायतको फिल्ममा काम गरिसकेको छिन् । उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसंग वि.सं २०७१ सालमा बिवाह गरेकी थिइन् । फिल्मी दौडानमा उनीहरु विच प्रेम बसेपछि त्यो सम्बन्ध बिवाहमा परिणत भएको थियो तर विडम्बना बिवाह भएको केही महिनामै उनको सिन्दुर पुछियो । त्यसपछि उनले सीमित फिल्महरुमा मात्र काम गरिन् । साथै उनले आफनो जीवनको समय समाज सेवामा लगाईन् । तर यहि समाजसेवाले उनलाई धेरै पटक विवादित बनायो र अहिले त् कुरा अदालत र प्रहरी समक्ष नै पुग्यो ।