Shares
Shares
काठमाडौँ । जति धेरै पानि पिउन सकियो त्यतिनै स्वास्थ्यका लागि फईदाजनक हुन्छ भन्ने मानसिकता हामि सबै मानिसहरुमा रहेको छ । जुन एउटा भर्म रहेछ । पानी जतिसक्दो धेरै पिउने भन्दापनि मात्रा मिलाएर सहि तरिकाले पिउदा मात्र मानव शरीरमा राम्रो असर पर्ने रहेछ । पानी शरीरलाई अति आवश्यक हुन्छ। शरीर स्वस्थ राख्नका लागि सकेसम्म धेरै पानी पिउनुपर्ने धारणा आम रुपमा रहँदै आएको छ। तर धेरै पिउदा शरीरमा खतरा हुनसक्ने वरिष्ठ पेटरोग विशेषज्ञहरु बताउछन् । धेरै पानी पिउदा स्वास्थ्यलाई फाइदा नहुने चिकित्सकहरुको सुझाव छ । हामीले शरीरलाई चाहिए जति र शरीरको माग अनुसार पानी पिउनुपर्ने उनीहरु बताउछन् । हामि आम सर्वसाधारणको बुझाईमा पेट सफा हुन्छ भनेर धेरै पानी पिउने गर्छौ तर यो फाइदाजनक होइन रैछ । 'धेरै पानी पिउँदा शरीरमा भएको नुन पखालिदिन्छ। पानीले शरीरको नुुन पखालिँदा सोडियम र पोटोसियमको मात्रा पनि घट्छ अनि शरीर बाउँडिन थाल्छ अझ कतिपी भने बेहोस पनि हुन सक्छन्।.
शरीरको प्रत्येक कोषमा नुन चाहिने भएकाले पोटासियम घटेमा मुटु नै नचल्ने खतरा पनि रहने बिज्ञ बताउछन् । वयस्क व्यक्तिको शरीरलाई दिनमा डेढदेखि २ लिटरसम्म पानीको आवश्यक पर्छ। तर एकैपटक धेरै पानी पिउनु नहुने र पटक-पटक गरी पिउनु पर्ने हुन्छ । शरीर आफैँले पानी माग्दो रैछ्। धेरै पसिना आउँदा नुन या नुनिलो खानेकुरा खान पनि डाक्टरहरु सुझाव दिन्छन् । हाम्रो शरीरमा दैनिक डेड देखि २ लिटर आवश्यक पर्छ र कतिपयले आवश्यकता अनुसार ३ लिटर /४ लिटर पिउने गर्छन् । पानि एकैचोटी पिउनुहुदैन / र पानि धेरै तातो पनि हैन र फ्रिजको पनि हैन ठिक मनतातो पिउन आवश्यक रहेछ । अनि हामि सबैको पानि खाने तरिका कस्तो हुन्छ भने एक चोटी मा घटघट १/ग्लास २/ ग्लास र कसैले त् १ बोतल नै पिउने गर्छन् । तर यसै पानि पिउनु विल्कुल गलत रहेछ । पानि एकैचोटी घटकक पिउने नभएर दुध र चिया खाए-सरह घुटुक,घुटुक पिउदा त्यसले राम्रो असर गर्छ ।
पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मात्र होइन, बाँच्नकै लागि पनि अत्यावश्यक हुन्छ । तर त्यहीँ जिवनदायिनी पानी आवश्यकता भन्दा बढि पिइयो भने त्यसले स्वास्थ्यमा ठूलो नकारात्मक असर पार्ने कुरा नेपालि चिकित्सकहरुले मात्र नभएर विश्व अध्ययनहरुले नै देखाएको छ । शरीरलाई आवश्यक पर्ने भन्दा बढि पानी पिउनाले शरीरमा जल विशाक्तता अर्थात् वाटर इनटोक्सिकेसनको समस्या पैदा हुने खतरा रहन्छ । अस्ट्रेलियाको भिक्टोरियास्थित मोनास विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार बढि पानीको सेवनले मानव सरीरमा तरल पदार्थको नियन्त्रण गर्ने प्रणालीले काम गर्न छाड्दछ । शरीरमा पानीको अधिकताले वाटर इनटोक्सिकेसन अर्थात् हाइपोनेट्रेमिया हुनसक्छ । यो अवस्थामा रगतमा सोडियमको मात्रा कम हुनजान्छ । यसो भयो भने मानिसमा अत्यधिक थकावट तथा बेहोस हुने साथै मानिस गम्भीर रुपमा अचेत भएर कोमामा पुग्ने जोखिम हुन्छ । धेरै पानी पिउनाले मस्तिष्कले स्वालोइंग इनहिबिसनलाई सक्रिय बनाउँछ । यदि हामी सरीरलाई उसको माग अनुरुप नै आवश्यक पदार्थहरु उपलब्ध गरायौँ भने सबै ठीक हुन्छ । त्यसैले तिर्खा भन्दा बढि पानी नपिउनुहोस् ।
शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ । प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ । धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ । ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ ।
पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ । पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् । बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209