Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा यति ठुलो सम्मान

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा यति ठुलो सम्मान

काठमाडौँ । अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो । बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गरेका हुन् । फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनिषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ । बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान ग्रहण गरेलगत्तै मनिषाले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै सम्मानित हुन पाउँदा खुसी लागेको बताएकी छन् । उनले लेखेकी छिन् , ‘म इमरान हुसैनी सांसद र एसियन स्ट्यान्डर्ड न्युजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई बेलायती संसदमा उनीहरुको प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । म यो भव्य समारोहको बीचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु । फातिमाको कथा आफैंमा अत्यन्तै प्रेरणादायी छ । उनी अझै समृद्ध हुनेछिन् । भगवानले तपाईंलाई आशिष दिनुहुनेछ र म यो सम्मानका लागि आभार व्यक्त गर्छु ।’

नेपालमा परिवार र पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाएपछि उनी सम्मान ग्रहणका लागि बेलायत प्रस्थान गरेकी थिइन् । बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ बेलायतको एसियन स्ट्याण्डर्ड अखवारले शुक्रबार लन्डनस्थित बेलायती संसद हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो । पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएका छन् । नि:शुल्क बाँडिने ब्रिटेनको दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय उक्त समाचारपत्रले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छ ।

बलिउड अर्थात मुम्बई फिल्म सिटीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली कलाकार हुन् मनिषा कोइराला । हुन त बलिउडमा मनिसा बाहेक करिब एक दर्जन भन्दा बढी कलाकारले संघर्ष गरेर ठाउँ पाए तर मनिसाको जस्तो लोकप्रियता अन्य कुनै नायिकाले पाउन सकेन । सुन्दरताका साथै कला कौशलताले पहिचान बनाउन सफल ५० वर्षिया उनी विगत एक दशकदेखि बलिउडबाट अलग जस्तै भएकी छिन् । मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा उनको जन्म भएको हो । प्रकाश कोइराला र सुष्मा कोइरालाकी छोरी हुन् उनी । बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको डाक्टर बन्ने चाहना थियो । यद्यपी उनी मोडेलिंग गर्दै सुप्रसिद्ध नायिकाको रुपमा हासिल गर्न सफल भईन् ।

सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिल भाषाका चलचित्रहरूमा समेत काम गरिन् । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन् । उनले नेपाली चलचित्र ’फेरी भेटौँला’ (१९८९)मा अभिनय गरेकी थिइन् । मनिषाको पहिलो हिन्दी चलचित्र सौदागर हो । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म खेलेकी उनी ९० को दशकमा निकै चर्चित रहिन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् । उनले अनवर अनीता, मुम्बई एक्स्प्रेस, ताजमहल ,जानी दुश्मन, , हिन्दुस्तान की कसम, , कच्चे धागे, कारतूस, , दिल दीवाना माने ना, खामोशी, अकेले हम अकेले तुम लगायतका फिल्ममा अभिनय गरेकी छिन् । राम शस्त्र, क्रिमिनल, बुम्बई, दुश्मनी, अनोखा अन्दाजÞ, यूँही कभी, संगदिल सनम, धनवान, १९४२ अ लव स्टोरी, इन्सानियत के देवता,सौदागर लगायतका फिल्महरुमा उनले सशक्त भूमिका निभाएकी छिन् ।

मनिषा कोइरालाले फिल्म मेकिङ्गमा न्युयोर्क युनिभर्सिटीबाट डिप्लोमा गरेकी हुन् । उनले आफ्नो व्यानरमा पैसा वसुल नामको फिल्म बनाएकी थिईन् । उक्त फिल्म अत्यधिक चर्चित र सफल रह्यो ।