काठमाडौँ । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्। एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।
मुख्य प्रशिक्षक मोन्टी देशाईले आज १५ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । हिजो (शुक्रबार) सम्पन्न त्रिकोणात्मक सिरिजमा रहेका सूर्य तामाङ, लोकेश बम, श्याम ढकाल र सागर ढकाल बाहिरिएका छन् । सन्दीप लामिछाने भने टिममा फर्किएका छन् । विश्वकप तयारीका लागि आयोजना गरिएको नेपाल, यूएई र हङकङ सम्मिलत सिरिजमा सन्दीपले नाम फिर्ता लिएका थिए । रोहित पौडेलको कप्तानीमा रहेको टिममा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी र अविनाश बोहोरा छन् । यस्तै प्रतिश जीसी, विवेक यादव, ललित राजवंशी र विनोद भण्डारीले पनि स्थान बनाए । विश्वकप छनोट आगामी सोमबार (कात्तिक १३ गते) बाट घरेलु मैदानमा सुरु हुँदै छ ।८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ। समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ। शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ। समूह बीमा यूएई, बहराइन, कुबेत र हङकङ छन् । समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेल सोमबार त्रिवि मैदानमा सिंगापुरसँग खेल्नेछ । फाइनल कात्तिक २० गते हुनेछ । फाइनल पुग्ने अन्तिम दुई टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता भने छनोट हुन सकेको छैन । योपटक नेपाल उपाधिको प्रमुख दाबेदार हो । मानसिक रुपमा तयार नभएको भन्दै यसअघिका खेल नखेलेका क्रिकेटर सन्दीप लामिछाने पुनः नेपाली टिममा फर्किएका छन् । टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा गरिएसँगै सन्दीप क्रिकेट राष्ट्रिय टिममा फर्किएका हुन् ।
स्पिनर सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक शृङ्खला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए । सन्दीपको अनुपस्थितमा त्रिकोणात्मक सिरिजमा नेपालको स्पिन आक्रमण केही फितलो बनिरहेको छ । क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार बनेको निकट स्रोतले बताएको छ । नेपालको टिमबाट अलग भएपछि घुमघाममा हिँडेका उनी अहिले काठमाडौं फर्किसकेका छन् । यता, काठमाडौं जिल्ला अदालतमा विचाराधीन सन्दीपको मुद्दाको आगामी पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित नहुनेदेखिएको छ ।