काठमाडौँ । दशैँमा घर जाने यात्रुलाई लक्षित गरी महानगरले काठमाडौँको गोङ्गबुमा रहेको नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको छ ।
हेल्थ डेस्कमा काठमाण्डाै महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताउनुभयो । यस्तै, महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ । अहिले दैनिक काठमाण्डाैको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।
महानगरले यात्रु लक्षित गरेर यस्तो सेवा सुविधा दिएपछी सर्वसाधारणले बालेनको तारिफ गरिरहेका छन् ।