Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बस तथा गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ? यस्तो छ कारण र रोकथामका उपाय

बस तथा गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ? यस्तो छ कारण र रोकथामका उपाय

काठमाडौँ । गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ? भनेर बुझ्नुभन्दा पहिला भित्री कानको बारेमा बुझ्नुपर्छ। भित्री कान मस्तिष्कको नजिक हुन्छ। यसले हाम्रो आवाजलाई मस्तिष्कसम्म पुर्‍याउँछ भने हाम्रो शरीरलाई सन्तुलित समेत बनाउँछ। गाडीमा यात्रा गर्दा हामीले झ्यालबाट हेर्छौं। हाम्रो आँखा र कान जहाँको त्यहीँ छ तर हामीले हेरेको कुराहरू छिटो छिटो घुमेको देखिन्छ। त्यस्तो बेला हाम्रो कानले सन्तुलन मिलाउन खोज्छ तर मिलाउन सकेन भने चक्कर लाग्छ अनि उल्टी हुन्छ।

बाहिर हेर्दा रूख, घर दौडिएको देखिन्छ त्यो बेला कानले सन्तुलन मिलाउन सकेन भने बान्ता हुन्छ। जब बान्ता हुन्छ त्यसपछि चक्कर कम हुन्छ। तर शरीर शिथिल हुन्छ। खासगरी खेलकुदमा सक्रिय नभएका, कानको समस्या भएका र बढी सेन्सेटिभ व्यक्तिलाई वान्ता हुन्छ। गाडीमा यात्रा गर्दा हल्का खाना खानुपर्छ भने सकेसम्म अगाडिको सिटमा बस्नुपर्छ अनि बाहिर हेर्न हुँदैन। अथवा आँखा मोबाइलमा केन्द्रित भयो भने पनि ध्यान बाहिर जाँदैन। हिँडेर, टाउको हल्लाएर, आँखा तलमाथि गर्ने थेरापी गर्न समेत सकिन्छ। गाडीको चालकलाई चक्कर लाग्दैन किनकि उनीहरूले अगाडि हेर्छन् भने अर्को कुरा बानी परिसकेको छ। गाडीमा यात्रा गर्दा बान्ता रोक्नको लागि औषधी खान सकिन्छ। यसले बान्ता हुन कम गर्छ। गाडीमा यात्रा गर्दा बान्ता हुनेहरूले रक्सी, चुरोट खान हुँदैन। यद्यपि रक्सी चुरोट कसैले पनि खान हुँदैन। त्यस्तै चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ।

हामि सबैलाई चाडपर्व होस् या अरुबेला आफ्नो घर जान पाएपछी अर्कै खुशी मिल्छ । तर कतिपय व्यक्तिलाई भने घर जाने भन्ने बित्तिकै वा घरबाट फर्किनलाई टाउँको दुख्न थाल्छ । किनकी उनलाई गाडी चढेको केही समयमा नै वान्ता हुन्छ । ‘दसैँमा घर सम्झिँदा कहिले पुगौँ जस्तो हुन्छ, तर वान्ता भएर स्लाईन समेत लगाउनु पर्ने अवस्था हुन्छ कतिपय व्यक्तिलाई । सम्झिदा पनि गाडी चढ्नै नपरे हुन्थ्यो जस्तो लाग्छ’ अब ‘प्लेनमा जाऊँ भने पनि दसैँमा तिर्बल भाडा बढाएका छन्, गाडी सम्झिनै मन छैन ।’ यस्ता हजारौँ छन् जो गाडी सम्झिने बित्तिकै आत्तिने गर्छन् । कतिलाई त अस्पताल सम्म पुर्‍याउनु पर्ने हुन्छ ।

किन हुन्छ त गाडीमा यात्रा गर्दा वान्ता ?

यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । ‘शरीरको सन्तुलन बिग्रिंदा यात्रा गर्दा यस्तो हुने हो ।’ घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसनसिक्नेसको समस्या देखिने हुन्छ । गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् । कसैलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउन सक्छ । लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई बान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसनसिक्नेस हुनसक्छ ।

वान्ता हुने समस्या कसरी कम गर्ने ?

एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि खानुपर्छ । जुन यात्रा गर्नुभन्दा आधा घण्टा अघि खानुपर्ने हुन्छ । यो औषधिले बान्ता नै रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्छ । खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग कुरा गर्नुपर्छ । ह्रब्स ब्रिथको बास्ना सुँघ्दै यात्रा गर्दा वान्ता नहुन सक्छ । यात्रा गर्दा जहिले अगाडि हेर्न लगाउने, टाढाको दृश्य हेर्ने गर्नुपर्छ । झ्यालहरु खोलेर ताजा हावा आउन नदिने गर्नुपर्छ । मसलेदार खानेकुरा यात्रा गर्दा सकेसम्म नखाने गर्नुपर्छ । गीत सुन्ने गर्दा दिमाग अन्तै भुलिन्छ र गाडीबाट निस्किसकेपछि पनि फ्रेस भएर हल्का खानेकुरा खाएर आराम गर्ने हो भने समस्या हुँदैन ।