बलिउड अभिनेता शाहरुख खानको ज्यान खतरामा परेको छ। स्रोतलाई उद्धुत गर्दै भारतीय पत्रिका दैनिक भास्करले जनाएअनुसार मुम्बई प्रहरीलाई फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जानकारी प्राप्त भएको छ। यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई वाई प्लस सुरक्षा दिएको छ। यो वाई प्लस सुरक्षाअन्तर्गत, ६ जना व्यक्तिगत सुरक्षा अधिकारी र ५ जना हतियारसहितका प्रहरी शाहरुख खानसँग २४सै घण्टा रहनेछन्। यसअघि शाहरुख खानको सुरक्षाका लागि मुम्बई प्रहरीका दुईजना कन्स्टेबल हरेक पल साथमा रहन्थे। यसअघि अर्का बलिउड स्टार सलमान खानलाई पनि पटक पटक ज्यान मार्ने धम्की आएका थिए। बलिउड अभिनेता शाहरूख खान सन् २०२३ मा निकै चर्चामा रहे। जनावरीमा उनको फिल्म 'पठान' प्रदर्शन भयो भने सेक्टेम्बर ७ मा 'जवान'। यी दुवै फिल्मले बक्स अफिसमा आक्रमक कमाइ गर्यो। योसँगै उनी आगामी फिल्म 'डंकी' प्रदर्शनको पखाईमा छन्। केही दिनअघि शाहरूखले आफूलाई लगातार ज्यान मार्ने धम्की आएको भन्दै राज्य सरकारलाई लिखित रूपमा निवेदन दिएका थिए। अब उनीसँग हातहतियारसहित ६ जना सुरक्षा गार्ड रहनेछन्।
बलिउडका कलाकारहरूलाई ज्यान मार्ने धम्की आइरहन्छ, त्यसैले उनीहरूको सुरक्षा बढाइएको हो। उनीहरूलाई सुरक्षा दिने कि नदिने भनेर गुप्तचर विभागले रिपार्ट तयार पार्छ। यसैको आधारमा कुन कलाकारलाई कति खतरा भन्ने मापन गर्दै सुरक्षा दिइन्छ।
यस वर्ष सुपरस्टार शाहरुख खानको दुई फिल्म ‘पठान’ र ‘जवान’ले भारतीय बक्स अफिसमा ठूलो रेकर्ड बनायो । यी दुई फिल्मले बलिउडसँगै उनको करिअरलाई पनि पुर्नजीवन दिएको छ । तर, यही दुईवटा फिल्मको सफलताबाट असन्तुष्ट बनेका व्यक्तिहरुले शाहरुखलाई ‘पठान’को बेलादेखि लगातार ज्यान मार्ने धम्की दिइरहेको बुझिएको छ । यसकारण महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ । शाहरुख जब यात्रामा निस्कनेछन् तब सुरक्षामा कमाण्डोका साथै ‘ट्राफिक भेहिकल’ पनि रहनेछ, जसले ट्राफिक जाम हटाउनेछ । सुरक्षाको खर्च भने उनी आफैंले बेहोर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । सुरक्षाको जोखिम कम भएपछि महाराष्ट्र सरकारले कमाण्डो र प्रहरी फिर्ता बोलाउनेछ । धम्कीकै कारण अहिले सुपरस्टार सलमान खान पनि ‘वाइ प्लस’ श्रेणीको सुरक्षा घेरामा छन् ।
शाहरुख खानको (जन्म १९६५ २ नोभेम्बर ) मा भारतको नयाँ दिल्लीमा इस्लाम धर्मको पठान बंश भएको घरमा भएको हो । उनि एक भारतीय अभिनेता, चलचित्र निर्माता, र टेलिभिजन पर्सनालिटी हुन्। खानले १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरेक हुन् । उनले चलचित्र क्षेत्रमा दिवाना फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो। त्यस पछि उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए र विभिन्न प्रशंसित प्रदर्शन गरेका छन् ।
उनको बुबा ताज मोहम्मद खान ब्रिटिश भारत को एक भारतीय स्वतंत्रता कार्यकर्ता थिए। उनले सेन्ट्रल दिल्लीमा सेन्ट कोलम्बस स्कूलमा अध्ययन गरेका हुन् । यद्यपि उनले आफ्नो स्कूलको समयमा खेलमा उत्कृष्ट भए तापनि उनलाई चोट लागेको कारणले उनले खेल जीवनबा टबिट मारेका थिए ।