काठमाडौं- पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन्।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ भने ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।
भक्तपुरमा ८, ललितपुरमा २९ र काठमाडौं ११२ गरी १४९ संक्रमित थपिएका हुन्।
योसँगै उपत्यकामा १९३१ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८१५, भक्तपुरमा ४९८ र ललितपुरमा ६१८ जना सक्रिय संक्रमित छन्।
यो पनि पढनुहोस
विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले एमसीसी नेपालमाथिकाे अमेरिकी हस्तक्षेप भएको बताएका छन्। जनपत्रकार संगठन कर्णाली प्रदेशले साेमबार वीरेन्द्रनगरमा आयाेजना गरेकाे पत्रकार उनले यस्तो बताएका हुन्।
'एमसीसी राष्ट्रघाती सम्झाैता हो। नेपालमाथिको अमेरिकी हस्तक्षेप हो। अहिलेकाे संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ,' उनले भने, 'अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ।'
नेकपा विप्लव भाेलि (मंगलबार)देखि सुर्खेत जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण भेलाका लागि उनी सुर्खेत आएका हुन्। अगुवा कार्यकर्ता भेलामा प्रवक्ता प्रकाण्ड र सुर्खेत-दैलेख इन्चार्ज एटम, सुर्खेतका सेक्रेट धुर्व, विशेष जिल्ला सेक्रेटरी सरिता लगायतका नेताहरूले प्रशिक्षण दिने छन्।